0
गोल्डेन न्यूज संवाददाता
सराङ्गकोट बहुउद्देश्यीय सहकारी संस्थाको नवौं वार्षिकोत्सव को अवसरमा आयोजित रक्तदानमा ४० जनाले रक्तदान गरेका छन् भने ३ सय ४० जनाको निःशुल्क रक्त परीक्षण गरिएको छ । कार्यक्रमको शुभारम्भ गर्दै पत्रकार श्रीभद्र पौडेललाई प्रमुख अतिथि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका सुपरिटेण्डेण्ट डा.श्रीकृष्ण श्रेष्ठले स्वास्थ्य क्षेत्रमा सहकारीले पु¥याएको योगदान महत्वपूर्ण भएको धारणा राखे । पश्चिमाञ्चल सामुदायिक अस्पतालको सहकार्यमा भएको निःशुल्क रक्तपरीक्षण रगतबाट देखिने सुगर, प्रेसर, युरेडेसिड, मृगौला सम्बन्धी परीक्षण गराइएको कार्यक्रमले आगामी दिनमा थप कार्यक्रमहरु गर्न प्रोत्साहन मिलेको अस्पतालका संचालक अर्जुन ज्ञवालीले बताए । २०६३ सालमा स्थापना भएको संस्थाले रेडियो सराङ्गकोट संचालन तथा आर्थिक गतिविधिका अलावा सामाजिक रचनात्मक क्रियाकलापहरु गरिँदै आएको यो परिणामको घोषणासँगै वर्षभरि नै विविध कृयाकलापहरु गरिने सचिव कृष्ण थापाले बताए । संस्थाका अध्यक्ष प्रेम बहादुर जि.सी.को अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष लोकबहादुर थापा, सल्लाहकार सोभियत बहादुर अधिकारी, उपाध्यक्ष अर्जुन बहादुर बस्नेत, सचिव कृष्ण थापा, कोषाध्यक्ष मिन बहादुर अधिकारी, आकस्मिक रक्तदाता समूहका अध्यक्ष हरिश्चन्द्र शर्मा, स्वतन्त्र पत्रकार महासंघका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बाँस्तोला, महासचिव कमल पौडेल अथक, पोखरा ९ टोल समन्वय समितिका अध्यक्ष उत्तम जोशी, रेडियो सराङ्गकोटका निर्देशक नरेन्द्र कुमार श्रेष्ठ, व्यवस्थापक सुरेन्द्र थापा, महिला समिति संयोजक इन्द्रकमल मानन्धर, कार्यक्रम संयोजक माया कुमारी शर्मा, प्रहरी नायव निरीक्षक राजेन्द्र प्रसाद पौडेल, संचालक सदस्य छविलाल तिमिल्सिना, शम्शेर बहादुर थापा, कार्यालय सहायक सपना रेग्मी लगायतले आ–आफ्नो मन्तव्य राखेका थिए । 
शेयर पुँजी ३ करोड १० लाख, निक्षेप संकलन १३ करोड र ऋण लगानी १३ करोड रहेको संस्थाले १८ जनालाई रोजगारी प्रदान गरेको छ । सो कार्यक्रम पश्चात संचालक समिति, सदस्यहरु तथा कर्मचारीहरुबीच अन्तरक्रिया गरिएको थियो ।




Post a Comment

 
Top