0
गोल्डेन न्यूज संवाददाता
स्याङ्गजाको किचनास –९ सालडाँडामा रहेको श्री भोज प्रकाश उच्च मा.वि.मा भू.पू विद्यार्थीहरुले ९० हजारको अक्षयकोष स्थापना गरेको छ । विद्यालयमा छात्रवृत्ति बितरण गर्ने उद्देश्यले कोषको स्थापना गरिएको हो । बिद्यालयबाट २०६५ सालमा एस.एल.सी दिएका भू.पू विद्यार्थीहरुबाट सहयोग संकलन गरेर ९० हजारको अक्षयकोष स्थापना गरिएको बिद्यालयका भू.पू विद्यार्थी अनिल क्षेत्रीले जानकारी दिए । रकम विद्यालयको ५५ औं बार्षिकोत्सब तथा अभिभावक दिवसको अवसरमा विद्यालय ब्यावस्थापन समितिका अध्यक्ष क्या. डोर बहादुर रानालाई हस्तान्तरण गरेको हो । अक्षयकोषबाट प्राप्त हुने ब्याज विद्यालयका विभिन्न क्षेत्रमा उत्कृष्ट ५ विद्यार्थीलाई वितरण गरिने अर्का भू.पू विद्यार्थी युवराज मानन्धरले जानकारी दिए ।  
सोही दिन नै २०६५ सालमा एस.एल.सी दिएका भू.पू विद्यार्थीहरु बाट ५ जना विद्यार्थीहरुलाई छात्रवृत्ति पनि वितरण गरिएको छ ।











Post a Comment

 
Top