0
गोल्डेन न्यूज संवाददाता
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा आयोजना गरिएको मानवअधिकार अनुगमन तथा अभिलेखिकरण तालिम मंगलबारदेखि पोखरामा शुरु भयो । विभिन्न जिल्लामा मानवअधिकार र सामाजिक न्यायको क्षेत्रमा क्रियाशील इन्सेकका नवनियुक्त जिल्ला प्रतिनिधिको क्षमता अभिबृद्धि गर्ने उद्देश्यले आयोजित उक्त तालिम तीन दिनसम्म सञ्चालन हुने छ । तालिममा मानवअधिकारको अवधारणा र सिद्धान्त, मानवअधिकार संरक्षण र प्रवद्र्धनमा मानवअधिकारकर्मीको भूमिका, नेपालको संविधानमा व्यवस्था गरिएका मौलिक अधिकार, ठूला नौ महासन्धी, मानवअधिकार संयन्त्रहरु, मावनअधिकार अनुगमन र अभिलेखिकरण, तथ्य सङ्कलन, समाचार तथा फिचर लेखन, तथ्याङ्क संकलन आदिका बारेमा सहजीकरण गरिने भएको छ ।
तालिम शुभारम्भका क्रममा इन्सेक केन्द्रीय कार्यालय मावनअधिकार अनुगमन तथा पीडित सहायता कार्यक्रम इकाई प्रमुख मदन पौडेल, इन्सेकका मध्यमाञ्चल क्षेत्रीय संयोजक कृष्ण गौतम, इन्सेक पश्चिमाञ्चल क्षेत्रीय संयोजक शिव खकुरेल,इन्सेक मध्यपश्चिमाञ्चल संयोजक भोला महत, इन्सेक सुदुर पश्चिमाञ्चल संयोजक खड्गराज जोशी, इन्सेक पूर्वाञ्चल संयोजक सोमराज थापा लगायतले मानवअधिकार अनुगमन तथा अभिलेखिकरणका बारेमा सहजीकरण गरेका थिए । तालिममा इन्सेकका पाँचओटै क्षेत्र अन्तर्गत नवनियुक्त २० जना प्रतिनिधिहरु सहभागी छन् ।

Post a Comment

 
Top