0
पोखराको रामघाटस्थित टप्स उच्च माविले आफ्नो २३औंँ वार्षिकोत्सव विभिन्न कार्यव्रmम गरी बिहीबार मनाएको छ । विद्यालयमा आयोजित विशेष कार्यव्रmममा विद्यालयका संस्थापक÷प्राचार्य रत्नमान गुरुङले टप्सले गुणस्तरीय शिक्षाका लागि आफ्नो कार्यव्रmमलाई केन्द्रित गरिरहेको जानकारी दिए। शिक्षाका क्षेत्रमा कडा प्रतिस्पर्धा रहेको बताउँदै उनले टप्सले आफूलाई हल्लामा भन्दा स्तरमा माथि उठाउन प्रयास गरेको दाबी गरे । शिक्षक रुपिन्द्र प्रभावीद्वारा सञ्चालित कार्यव्रmममा शिक्षकहरुका तर्फबाट शिक्षिका चेतमाया गुरुङ, विद्यार्थीहरुका तर्फबाट सङ्गीत तिवारीले शुभकामना दिएका थिए । सो अवसरमा सुपरभाइजर चित्रकुमार गुरुङले शिक्षकहरुका तर्फबाट प्राचार्य रत्नमान गुरुङ र संस्थापिका भक्ति गुरुङलाई पुष्पगुच्छा र खादाले सम्मान गरेका थिए । कार्यव्रmममा विद्यार्थीहरुले विभिन्न सांस्कृतिक कार्यव्रmमहरु पनि प्रस्तुत गरेका थिए । सो अवसरमा आयोजना गरिएको टप्स हाजिरी जवाफ प्रतियोगितामा सेती सदनका रमिश गुरुङ, असिम गुरुङ र सरस्वती अधिकारीको समूह प्रथम भएको थियो । यस्तै, काली सदन र मादी सदन दोस्रो भएका थिए भने मस्र्याङ्दी सदन तेस्रो भएको थियो । अङ्ग्रेजी विभाका प्रमुख मणिप्रसाद डुम्रेले सञ्चालन गरेको कार्यव्रmममा शिक्षक सुजन थापा र हरि केसी निर्णायक रहेका थिए । वि.सं. २०५० मङ्सिर २४ स्थापना भएको टप्सबाट हालसम्म ७९५ जनाले एस.एल.सी. उत्तीर्ण गरेका छन् भने उच्च माध्यमिक तहमा विज्ञान र व्यवस्थापन सङ्कायमा पढाइ सञ्चालन भइरहेको छ ।

Post a Comment

 
Top