0
गोल्डेन न्यूज संवाददाता
छैठौं पोखरा महोत्सव यहि पौष ३० देखि माघ १० गतेसम्म हुने भएको छ । “युवाको जांगर राष्ट्र निर्माणको आधार” भन्ने मूल नाराका साथ शिक्षा, स्वास्थ्य, खेलकुद र पयर्टन प्रवद्र्धनका लागि आयोजना गर्न लागिएको महोत्सवको तयारी तीव्र पारिएको मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराईयो । 
पत्रकार सम्मेलनमा वोल्दै युनाइटेड क्लवका सचिव लालकाजी गुरुङले क्लवले नाकाबन्दीका बावजूद पनि महोत्सवको आयोजना गर्न लागेको र महोत्सवको तयारीलाई तीव्र बनाइएको बताए । गुरुङका अनुसार झण्डै २ सय २० स्टल रहने महोत्सवमा ५० प्रतिशत स्टल बुकिङ भइसकेको छ । महोत्सव सम्पन्न गर्न गठित उप–समितिहरुले आ–आफ्नो कामहरुलाई तीब्र रुपमा अगाडि बढाइरहेको उनको बताए । 
पत्रकार सम्मेलनमा बोल्दै  क्लवका अध्यक्ष तथा महोत्सव संयोजक हिमालय बख्रेलले क्लवले स्थापना कालदेखि शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवद्र्धनका लागि पोखरामा चिडियाखाना निर्माण गर्न लागि परेको भन्दै चिडियाखाना निर्माण अन्तर्गत पहिलो चरणको डि.पि.आर. र श्रब्य दृश्य सामाग्री निर्माण गरिसकेको बताए । उनले नाकाबन्दीले चिडियाखाना निर्माणको काम अवरुद्ध भएको समेत स्पष्ट पारे । उनले नाकाबन्दीले केही असर नगर्ने, दाउरामा पकाएर भएपनि दर्शकलाई आकर्षित गर्ने बताए ।
महोत्सवबाट आम्दानी हुने शिक्षा, स्वास्थ्य, खेलकुद र पोखरा अन्तर्राष्ट्रिय चिडियाखाना निर्माणका लागि रकम छुट्याइने समेत बख्रेलले बताए । १० दिनसम्म सञ्चालन हुने महोत्सवमा विभिन्न जाति, जनजातिका कला संस्कृतिको प्रदर्शनी, औधोगिक उत्पादनको प्रदर्शनी एवं विक्री, हस्तकला सामानहरुको प्रदर्शनी एवं बिक्री, सूचना प्रविधिहरुको प्रदर्शनी एवं जानकारी, व्यवसायिक संघ संस्थाहरुको सेवा बारे जानकारी, व्यवसायिक संघ सस्थाहरुको सेवा बारे जानकारी, स्थानिय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उपभोग्य बस्तुहरुको प्रदर्शनी तथा उचित मुल्यमा विक्री वितरण, पर्यटन प्रवद्र्धनका सामाग्रीहरुको प्रदर्शनी एवं जानकारी, पोखरा लगायत विभिन्न पर्यटकीय स्थलहरुको जानकारी, सामाजिक संस्थाहरुको परिचय एवं जानकारी गराइने भएकोे छ । 
त्यसैगरी महोत्सवमा राष्ट्रिय स्तरका कलाकारहरुद्वारा दोहोरी गीत प्रस्तुति, नेपालका ख्यातिप्राप्त ब्याण्ड तथा कलाकारहरुको लाइभ प्रस्तुति साथमा लोकल ब्याण्डहरुको प्रस्तुति, हास्यव्यङ्ग्य प्रस्तुति, उत्कृष्ट स्टललाई पुरस्कार, चमेना गृहको व्यवस्था, वाल उद्यान ,नेपाली संस्कृति झल्कने प्रस्तुति, विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु रहने आयोजकले जनाएको छ ।









Post a Comment

 
Top