0
पोखरा–१७, विरौटास्थित शिशु निकेतन उच्च मा.वि.का संस्थापक स्वर्गीय सोमनाथ शर्माको ६४औँ जन्मजयन्तीको अवसरमा विद्यालयले विविध कार्यव्रmमको आयोजना गरेको थियो । वि.सं. २००८ सालमा स्याङ्जा जिल्लाको पौवै गौडे, गिन्चौरमा जन्मिका स्व.शर्माले शिक्षा तथा समाज सेवाको क्षेत्रमा पु¥याएको योगदानको स्मरण एवम् उच्च मूल्याङ्कन गर्दै उनको जन्मजयन्ती मनाइएको थियो । कार्यव्रmमको सुरुवात विद्यालय निर्देशक हरिश आर.के. र सह–निर्देशक डेनिका राजले संयुक्त रुपमा दीप प्रज्ज्वलन गरेर र उनको तस्वीरमा पुष्पगुच्छाले माल्यापर्ण गरेर गरेका थिए । सो अवसरमा कक्षा नर्सरीदेखि कक्षा १२ सम्मका सम्पूर्ण छात्रछात्रा एवं शिक्षक कर्मचारीहरुले स्वर्गीय शर्माको तस्वीरमा पुष्पगुच्छा अर्पण गरी उनको यश र कीर्तिको स्मरण गरेका थिए । सोही अवसरमा वि.सं. २०७१ सालको शैक्षिक पुरस्कार तथा यस वर्षका विभिन्न विधा अन्तर्गतको अतिरिक्त व्रिmयाकलाप को पुरस्कार वितरण गरिएको थियो भने कक्षा नर्सरीदेखि कक्षा दससम्मका विद्यार्थीहरुबीच खुला चित्रकला प्रतियोगिताको पनि आयोजना गरिएको थियो । कार्यव्रmमको सञ्चालन नेपाली विषयका विभागीय प्रमुख मोहन पौडेलले गरेका थिए ।




Post a Comment

 
Top