0
गोल्डेन न्यूज संवाददाता
काठमाडांैको बालुवाटारमा केन्द्रीय कार्यालय रहेको साँग्रिला डेभलमेन्ट बैंक लिमिटेडले पोखरामा एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।  सेवाग्राहीलाई उत्कृष्ट सेवा प्रदान गर्ने बिषयमा बैंकका कर्मचारीलाई यो अभिमुखिकरण तालिम प्रदान गरिएको बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सिए दिनेश थकालीले बताए । बैकका संचालक प्रा.डा.रवीन्द्र प्रसाद श्रेष्ठले उद्घाटन गर्नु भएको प्रशिक्षण कार्यक्रमका स्रोत ब्यक्तिहरु नेपाल राष्ट्रबैंक मुद्रा ब्यवस्थापन विभागका कार्यकारी निर्देशक  चिन्तामणि शिवाकोटी, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सिए दिनेश थकाली, प्रोत्सहानकर्ता तथा एकेडेमिसिएन विकल शेरचन, सोल्टी क्राउन प्लाजाका फुड एण्ड बेवरेज मेनेजर ईन्द्र खड्का तथा सिए प्रकृतिराज तिमिल्सिनाले बिभिन्न बिधाहरुमा सहजीकरण गरेका थिए । प्रशिक्षण कार्यक्रममा विकास बैंकका बिभिन्न शाखा कार्यालयहरुबाट करिब ६० जनाको प्रशिक्षार्थीहरुको सहभागीता रहेको बैंकका नायब प्रमुख कार्यकारी अधिकृत  दिनेश थकालीले बताए ।

Post a Comment

 
Top