0
गोल्डेन न्यूज संवाददाता
नेपाल सार्वजनिक सेवा कर्मचारी संघ जिल्ला कार्यसमिति कास्कीले महिला उपाध्यक्ष प्रमिला सुवेदीलाई सम्मान गरेको छ । लेडि जेसिज वर्ष सन् १०१६ को लागि सर्वसम्मत अध्यक्ष पदमा निर्वाचित भएकोमा बधाई ज्ञापन गर्दै सुवेदीलाई बुधबार आयोजित एक कार्यक्रममा सम्मान गरेको संघका कार्यसमिति सदस्य शुभद्रादेवी शर्माले जानकारी दिइन् । संघका अध्यक्ष विष्णुशंकर ख्वाउजूको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव केदार धमलाले गरेका थिए भने स्वागत मन्तव्य उपाध्यक्ष शोभाकर भण्डारीले राखेका थिए । नेपाल ट्रेड युनियन काँग्रेस संग आवद्ध रहेको विभिन्न ३३ प्रतिष्ठान सम्लग्न सार्वजनिक सेवा कर्मचारी संघले सेवाग्राहीलाई चुस्त र प्रभावकारी सेवा दिन सम्पूर्ण कार्यालसंग अनुरोध समेत गरेको संघका कोषाध्यक्ष रुककुमार श्रेष्ठले जानकारी दिए । नेपाल टेलिकम, विद्युत, खानेपानी, सिटिईभिटी, नेशनल ट्रेनिङ, रेडियो नेपाल, नगरपालिका लगायत कार्यालयमा रहेको कर्मचारी संघलाई सार्वजनिक सेवा कर्मचारी संघको कार्यक्रमले सहयोगी भूमिका खेल्ने संघका सदस्य जीवन भण्डारीले जानकारी दिँदै संघसंग आवद्ध रहन आग्रह गरेका थिए । सो कार्यक्रममा सम्मानपछि वोल्दै सुवेदीले आफू नै कार्यसमितिमा रहेको सस्थाले सम्मान गर्दा खुसी लागेको बताउँदै जिम्मेवारी थपिएको बताईन् । सुवेदीले सवैको सहयोगले आफू यो ठाउँमा आएको र आगामी दिनमा यस्तै सहयोग पाउने अपेक्षा गरेको सार्वजनिक सेवा कर्मचारी संघका जिल्ला सदस्य लक्ष्मी पहारीले जानकारी दिएकी थिइन् ।   

















Post a Comment

 
Top