0
गोल्डेन न्यूज संवाददाता
ब्यबस्थापिका संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले पोखराको पर्यटन प्रबद्र्धनको साथै पर्यटकिय क्षेत्रको विकासमा चासो दिएको छ । समितिका सभापति प्रभु शाह सहित सबै सदस्यहरुले पोखरामा रहेका पर्यटकिय क्षेत्रको स्थलगत अबलोकन गर्नुको साथै सम्बद्ध पक्षसँग जानकारी लिने काम गरेको छ । बिशेष गरी पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको बिषयमा समितिले चासो देखाएको छ । पोखराका पर्यटन ब्यवसायीहरुले पनि अन्तिम समयमा पुगेर रोकिएको निर्माण प्रक्रिया अघि बढाउन सरकारलाई निर्देशन दिन समेत आग्रह गरेका छन् । समितिका सदस्यहरुले शुक्रवार विहान विमानस्थल निर्माणस्थलमा पुगेर स्थलगत अवलोकन गरेका छन् । उनीहरुले चालु पोखरा विमानस्थल, पर्यटक बसपार्क, विश्व शान्ति स्तुपाको पनि स्थलगत अबलोकन गरेका छन् । शुक्रवारनै पोखराको अन्तर्राष्ट्रिय पर्वतीय संग्रालय अबलोकन गरी त्यहाँको पर्यटकिय क्षेत्रको प्रबद्र्धन बारे प्रतिवेदन तयार गर्ने समितिले जनाएको छ । समितिका सभापति प्रभु शाहका अनुसार पोखरा सहित नेपालका अन्य पर्यटकीय क्षेत्रको पनि स्थलगत अबलोकन गरी प्रतिवेदन तयार गरेर समितिको बैंठक मार्फत सम्बद्ध निकायलाई आवश्यक निर्देशन दिईनेछ ।








Post a Comment

 
Top