0
नेपाल विद्युत् प्राधिकरणलाई सबल र सक्षम नेतृत्व आवश्यक रहेको भन्दै नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन नेपाल प्राधिकरण केन्द्रीय समितिले आग्रह गरेको छ । लामो समयदेखि प्राधिकरणको बोर्ड बैठक बस्न नसक्दा महत्वपूर्ण निर्णय हुन नसकेको तथा दीर्घकालीन महत्वका विषयमा समेत प्रभावित भएको भन्दै तत्काल मार्ग प्रशस्त गर्न अनुरोध गरेको हो । प्राधिकरणमा देखिएको कार्यकारी प्रमुखको विवादले गत भदौ १० गतेदेखि बोर्ड बैठक बस्न सकेको छैन । तत्कालीन कार्यकारी प्रमुख मुकेशराज काफ्लेलाई मन्त्रालयमा हाजिर हुन मन्त्रालयले पत्र लेखेलगत्तै उपकार्यकारी निर्देशक रामचन्द्र पाण्डेयलाई निमित्त कार्यकारी प्रमुखको जिम्मेवारी दिइएको थियो । आफूलाई अपमानपूर्वक मन्त्रालयमा हाजिर हुन भनेको भन्दै कार्यकारी निर्देशक काफ्लेले सर्वोच्च अदालतबाट अन्तरकालीन आदेश ल्याएपछि प्राधिकरणमा नेतृत्वको विवाद रहँदै आएको छ ।

Post a Comment

 
Top