0
गोल्डेन न्यूज संवाददाता
अमेरिकन राजदूतावासको आर्थिक सहयोग र नेल्टा कास्कीको व्यवस्थापनमा विभिन्न शैक्षिक गतिविधि सम्पन्न भएका छन् । जस अन्तर्गत अन्तर्गत माउण्ट कैलाश स्कूल हेम्जामा, विष्णुपादुका उ.मा.वि. हेम्जा र रत्नज्योति नि.मा.वि. कसेरीमा अध्ययनरत ४० जना विद्यार्थीहरुका लागि अत्याधुनिक प्रविधिबाट अंग्रेजी भाषा र नेतृत्व विकास प्रशिक्षण प्रदान गरिएको छ । प्रशिक्षित विद्यार्थीहरुलाई एक कार्यक्रमका बीच नेपालका लागि अमेरिकी राजदुत एलिएना टेप्लिजले द्वारा प्रमाणपत्र वितरण गरेका थिए । यसैगरी अंग्रेजी शिक्षा विभाग पृथ्वीनारायण क्याम्पसमा फेलोशिप कार्यक्रममा कार्यरत अमेरिकन शिक्षक एलेक्स जी.लाउरीले नेपालका लागि अमेरिकन राजदूतको विशेष उपस्थितिमा विवरण प्रस्तुत गरेका थिए । त्यस अवसरमा राजदूत तेप्लेजले एम.एड. प्रथम वर्ष अंग्रेजी समूहका विद्यार्थीहरुसँग प्रत्यक्ष अन्र्तक्रिया गरेको कार्यक्रममा पृथ्वीनारायण क्याम्पसका क्याम्पस प्रमुख प्रा.डा. देवेन्द्र बहादुर लामिछाने, विभागीय प्रमुख अमिरमान श्रेष्ठ, प्राध्यापक तीर्थराज अर्याल लगायतको सहभागिता रहेको थियो ।

त्यसैगरी राजदूत टेप्लीजले विन्ध्यवासिनी उ.मा.वि., ज्ञानभूमि मा.वि. नदीपुर र धर्मस्थली नि.मा.वि. पस्र्याङका नेल्टा कास्कीद्वारा सञ्चालित अंग्रेजीमा पहुँच पु¥याउने छात्रवृत्ति अध्ययनरत ४० जना विद्यार्थीहरु तथा एक्सेस शिक्षकहरुसँग प्रत्यक्ष अन्तत्र्रिmया गरेका थिए । कार्यक्रममा नेल्टाका केन्द्रिय अध्यक्ष मीरा श्रेष्ठको समेत उपस्थिति थियो । अन्तत्र्रिmयाको सहजीकरण नेल्टा कास्कीका अध्यक्ष पितृराज बाँस्तोलाले गरेका थिए भने नेल्टा कास्कीका सचिव नवराज न्यौपानेले पनि बोलेका थिए ।








Post a Comment

 
Top