0
गोल्डेन न्यूज संवाददाता
 नेकपा–माओवादी र नेकपा 
(एकीकृत) बीच एकीकरण भइ बनेको नेकपा (क्रान्तिकारी माओवादी) कास्की इलाका नं. ५ को एकता अधिवेशन सम्पन्न भएको छ । मंगलबार सम्पन्न एकता अधिवेशनले दिलीप सुनारको संयोजकत्वमा १७ सदस्यीय इलाका कमिटी गठन गरेको छ । एकता अधिवेशनपश्चात् बसेको इलाका कमिटीको बैठकले विभिन्न जिम्मेवारी समेत तोकेको छ । जस अन्तर्गत सो इलाका अन्तर्गतका वडा नं. १ को संयोजकमा सन्देश गुरुङ, २ मा बबिता श्रेष्ठ, ३ मा राजकुमार बुढामगर, ४ मा मन्त्रिराज उलक र ५ नं. वडामा एंगेल्स कार्की वडा संयोजक तोकिएको छ । यसअघि, सो इलाका अधिवेशनलाई सम्बोधन गर्दै नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रीय सचिवालय सदस्य एवं तमुवान राज्य संयोजक श्रीनाथ अधिकारी ‘श्याम’ ले अहिले माथिल्लो कमिटीदेखि तल्लो कमिटीसम्म एकता अभियान र पार्टी पुनर्गठन अभियान चलेको जानकारी दिए । पार्टीलाई सांगठनिक रूपमा सुदृढ गर्दै नयाँ जनवादी क्रान्तिको तयारीमा लाग्ने बताउँदै नेता श्यामले सर्वप्रथम कार्यकर्तालाई प्रशिक्षित गर्न जरुरी रहेको बताए ।

अर्का केन्द्रीय सदस्य रामजी थापाले सच्चा कम्युनिष्ट क्रान्तिकारीहरू एकताबद्ध हुनुको विकल्प नभएको भन्दै संगठन सुदृढ गरेर नयाँ जनवादी क्रान्तिको तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिए । सो अवसरमा पार्टीका कास्की जिल्ला संयोजक अशोक छन्त्याल ‘अर्जुन’, जिल्ला कार्यालय सचिव इन्द्रबहादुर गुरुङ, जिल्ला कार्यालय सदस्य शिव खनाल ‘महादेव’, विशेष जिल्ला सदस्य लक्ष्मी आचार्य, इलाका नं. १ का सह–संयोजक प्रेमकाजी गुरुङ, जिल्ला सदस्यहरू चोकबहादुर थापामगर, कल्पना थापामगर, राजकुमार बुढामगरलगायतले बोलेका थिए ।यसैबीच, नेकपा (क्रान्तिकारी माओवादी) कास्की इलाका नं. १ को एकता अधिवेशन पनि सम्पन्न भएको छ । सो एकता अधिवेशनले लालबहादुर गुरुङको संयोजकत्वमा २५ सदस्यीय इलाका कमिटी गठन गरेको छ, जसमा सह–संयोजकद्वय मा रुपबहादुर कुमाल र प्रेमकाजी गुरुङ रहेक छन् ।

Post a Comment

 
Top