0
गोल्डेन न्यूज संवाददाता
लागूऔषध नियन्त्रण ब्युरो पोखराले लागूऔषधको बिक्री वितरणमा संलग्न तथा लागूऔषध प्रयोगकर्ताहरुसंग परामर्श कार्यक्रम सम्पन्न गरेको छ । ब्युरोले जिल्ला प्रहरी कार्यालयमा लागूऔषध मुद्धामा हिरासतमा रहेका र रिह्याव सेन्टरमा रहेका लागूऔषध प्रयोगकर्ताहरु लाई परामर्श दिइएको हो । परामर्श कार्यक्रममा वोल्दै लागूऔषध नियन्त्रण ब्युरो पोखराका इन्चार्ज प्रहरी निरीक्षक रबिन्द्रमान गुरुङले लागूऔषध प्रयोग र बिक्री वितरण गर्नु गैरकानूनी काम भएकाले आगामी दिनमा यसमा नलाग्न थुनामा रहेका लागूऔषध प्रयोगकर्तालाई आग्रह गरे । पटक पटक लागूऔषध प्रयोग गर्ने तथा बिक्री वितरण गर्ने जस्ता क्रियाकलाप दोहो¥याउनेलाई आफूहरुले कानून बमोजिम कार्बाही गर्ने वताउदै हिरासतबाट छुटेर गएपछि अन्य क्षेत्रमा काम गर्न समेत सुझाव दिए । सामाजिक तथा ब्याक्तिगत रुपमा यसले असर गर्ने भएकाले यसबाट टाढा रहनुपर्नेमा उनको जोड रहेको थियो । लागूऔषधको प्रयोगले स्वास्थ्य संगै सामाजिक मान मर्यादामा समेत असर पर्ने भएकाले यसबाट छुटकारा लिनुनै उत्तम उपाय हुने अर्का परामर्शदाता प्रहरी नायब निरीक्षक बिद्याधर त्रिपाठीले वताए । त्रिपाठीले समाजमा हेर्दापनि अपराधीको रुपमा चिनिने भएकाले पछि गएर समाजमा बस्न समेत अफ्ठेरो स्थिती आउने भएकाले गलत बाटोलाई छोडेर अगाडि वढ्नुपर्नेमा उनको जोड रहेको थियो । परामर्शमा सहभागी थुनुवाहरुले आगामी दिनमा आफुहरुले लागूऔषधको बाटोमा नलाग्ने प्रतिवद्धता ब्यक्त गरेका थिए । जिल्ला प्रहरी कार्यालयमा लागूऔषध मुद्धामा हिरासतमा रहेका २५ जना थुनुवा, तथा गेट वे फाउण्डेशनमा रहेका ३० जना लागूऔषध प्रयोगकर्तालाई लागुऔषध दुब्र्यसनी सम्बन्धी परामर्श दिइएको थियो ।




Post a Comment

 
Top