0
राष्ट्रिय अपाङ्ग महासंघ नेपालको अध्यक्षमा सुदर्शन सुवेदी निर्वाचित भएका छन् । पोखरामा सम्पन्न सातौं महाधिवेशनबाट सुवेदीको नेतृत्वमा ३९ सदस्ययी नेतृत्व चयन गर्दै महाधिवेशन सम्पन्न भएको छ । अधिवेशनले महिला उपाध्यक्षमा टीकादेवी दाहाल, वरिष्ठ उपाध्यक्षमा देवी वहादुर पोख्रेल, महासचिवमा राजु वस्नेत,कोषाध्यक्षमा कुमार रेग्मी, सचिवमाी ओम प्रकाश वन्जाडे चयन भएका छन् । महासंघको सदस्यहरूमा गोमादेवी पौडेल, चन्द्रकान्त पौडेल, सुगम भट्टराई, सीता सुवेदी, प्रमिला श्रेष्ठ (जोशी), निर्मल कुमार श्रेष्ठ, यदुनाथ अधिकारी, निता केशरी भट्टराई, रविन कुमार मैनाली, धर्मराज घिमिरे, देवी आचार्य ,शिव श्रेष्ठ, शिशिर खनाल, अस्मित भट्टराई, रमेशलाल श्रेष्ठ, कल्पना बज्राचार्य, मदन महर्जन, राम रतन हरिजन, सतिशचन्द्र झा, कामिनि देवी, उदय वहादुर लिम्वु, तृप्ता मगर, नेत्र शाही, यम वहादुर बस्नेत, गुणराज खतिवडा, शिव कुमार ज्ञवाली, देविदत्त आचार्य र मानवहादुर साउद निर्वाचित भएका छन् । पुस ११ देखि १२ गतेसम्म पोखरामा सम्पन्न महाधिवेशनमा देशभरकाबाट करिव चार सय प्रतिनिधिको सहभागिता रहेको प्रचार–प्रसार संयोजक श्रीकान्त सापकोटाले बताए ।



















Post a Comment

 
Top