0
नमस्ते सामुदायिक प्रतिष्ठान पोखरा–६ जरेबरका स्याहारकर्ताहरु लाई बालअधिकार र असल अभिभावकत्व सम्बन्धी प्रतिष्ठानले आयोजना गरेको तीन दिने कार्याशाला मंगलबार समापन भएको छ । स्याहारकर्ताहरुलाई बाल अधिकारको बारेमा बोध गराउने साथै अभिभावकत्व सीप अभिवृद्धि गरि प्रतिष्ठानले बालबालिकाहरुलाई प्रदान गर्ने सेवामा गुणस्तर वृद्धि गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको सम्बन्धमा प्रतिष्ठानका म्यानेजर मानसिं चौधरीले  जानकारी गराए । ११ जना स्याहारकर्ताहरु सहभागी भएको उक्त कार्याशालाको प्रशिक्षण बालअधिकार कर्मी भक्तराज रसाइलीले गरेका थिए । कार्यशालामा बालअधिकार, बाल मनोविज्ञान, व्यवहार परिवर्तन, असल अभिभावकत्व सीप तथा कला जस्ता विषयबस्तुहरुमाथी छलफल तथा अभ्यास गरिएको थियो । कार्याशाला समापन पश्चात सहभागीहरुले कार्याशाला पूर्व बालबालिकाहरुलाई सोच्ने दृष्टिकोण र कार्याशाला पश्चात सोच्ने दृष्टिकोण फरक आएको र कार्याशालमा सिकेका हरेक सीप र कलालाई बालअधिकार संरक्षणको लागि कार्यक्षेत्रमा प्रयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । तालिमको व्यवस्थापनमा प्रतिष्ठानका कार्यक्रम इन्चार्ज दीपक पुरीले सहयोग गरेका थिए ।










Post a Comment

 
Top