0
गोल्डेन न्यूज संवाददाता
जनप्रिय बहुमुखी क्याम्पस सिमलचौर–८, पोखराको २४औँ वार्षिकोत्सव कार्यक्रम सोमबारदेखि सुरु भएको छ । पाँचदिनसम्म विभिन्न कार्यक्रम गरि मनाइने वार्षिकोत्सवको सोमबार एक कार्यक्रमका बीच क्याम्पस सञ्चालक समितिका अध्यक्ष दामोदर चालिसेले उद्घाटन गरेका थिए । वार्षिकोत्सवको शुभारम्भ गर्दै अध्यक्ष चालिसेले क्याम्पस २४ औँ वार्षिकोत्सवसम्म आइपुग्दा सबैकोमाझ लोकप्रिय भएको बताए । उनले नेपालकै सर्वोत्कृष्ट क्याम्पस तथा विश्वविद्यालय अनुदान आयोगबाट क्यु एएको प्रमाणपत्र प्राप्त गर्नु विद्यार्थी, प्राध्यापक, सिनेटर तथा अभिभावक एवं शुभेच्छुकको कारण रहेको भन्दै सबैमा धन्यवाद ज्ञापन समेत गरे । वार्षिकोत्सवको अवसरमा छात्र÷ छात्रा भलिबल, टेबुलटेनिस, चेस, दौड, रस्साकस्सी, हाजिरी जवाफ, चित्रकला, कविता, मुक्तक, वक्तृत्वकला, नेपाली÷अंग्रेजी निबन्ध प्रतियोगिता समेत चल्नेछ भने निबन्ध, कविता, मुक्तक प्रतियोगिता सोमबार सम्पन्न भएको छ भने भलिबल प्रतियोगिता सुरु भएको छ । अन्य खेलकुदका कार्यक्रम जारि रहेको प्रतियोगिता कार्यक्रमका विद्यार्थी संयोजक भेषराज बरालले जानकारी दिए । जनप्रिय बहुमुखी क्याम्पसको पाँच दिनसम्म सञ्चालन हुने वार्षिकोत्सवमा २४ गते बिहान ७ः३० बजे प्रभातफेरि कार्यक्रम तथा २५ गते त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. तीर्थराज खनियाको प्रमुख आतिथ्यमा वार्षिकोत्सव कार्यक्रम गरि समापन गर्ने कार्यक्रम रहेको क्याम्पसका क्याम्पस प्रमुख विरञ्जी गौतमले बताए ।

Post a Comment

 
Top