0
गोल्डेन न्यूज संवाददाता
पोखरा ८ सिमलचौरमा रहेको लिटिल स्टेप उच्च माविले विद्यार्थी सम्मान तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । विद्यालयले जवाहरलाल नेहरु टेक्नोलोजिकल युनिभर्सिटि काकिन्डा, आन्द्राप्रदेश, भारतबाट इलेक्ट्रोनिक्स कम्युनिकेशन इन्जिनियरिङ्ग विषयमा स्वर्ण पदक प्राप्त सन्तोष पोखरेललाई सम्मान गरेको हो । पोखरेलले स्वर्ण पदक संगै बेष्ट आउट गोइङ स्टुडेन्को रुपमा पुरस्कार प्राप्त गरेका थिए । सम्मान कार्यक्रममा बोल्दै सम्मानित विद्यार्थी पोखरेलले आफ्नो प्रगतिका निम्ति विद्यालयको वातावरण र गुरुहरुको मार्ग निर्देशन सहयोगी भएको बताए । विद्यालयका संस्थापक निर्देशक शेर बहादुर गुरुङले सन्तोष पोखरेल जस्ता विद्यार्थीले घर–परिवार तथा विद्यालयको मात्र नभई राष्ट्र कै शिर उच्च राख्ने काम गरेको वताए । विद्यालयले आफ्नो ३३ वर्षे यात्रामा थुप्रै जनशक्ति उत्पादन गरेको तर सन्तोष पोखरेल सौर्य  प्रणालिको सूर्य जस्तो भएको धारणा राख्दै अन्य विद्यार्थीहरुलाई समेत उनी जस्तै नमुना बनेर प्रस्तुत हुन समेत विद्यार्थीहरुलाई गुरुङले आग्रह गरे । कार्यक्रममा भारतको शारदा युनिभर्सिटिबाट वायोटेक्नोलोजी विषयमा इन्जिनियरिङ गरेका विद्यालयका पूर्व विद्यार्थी कुशल पौडेल तथा पश्चिमाञ्चल क्षेत्रीय क्याम्पसबाट सिभिल इन्जिनियरिङ गरेका सुमन गुरुङलाई समेत सम्मान गरिएको थियो । विद्यालयका सल्लाहकार शिक्षाविद गणेश बहादुर गुरुङको सभापतित्वमा भएको कार्यक्रममा विद्यालयकी संस्थापक प्राचार्य पम्फा गुरुङले स्वागत मन्तव्य राखेकी थिइने । 

सम्मान कार्यक्रम पछि तीनैजना पूर्व विद्यार्थीहरुले कक्षा १०, ११ र १२ का विद्यार्थीहरुलाई व्यक्तित्व विकाश अभिमुखिकरण तालिम समेत दिएका थिए । कार्यक्रममा अभिभावक, शिक्षक–शिक्षिका तथा समाजसेवीहरुको समेत उपस्थिति रहेको थियो ।

Post a Comment

 
Top