0
गोल्डेन न्यूज संवाददाता
युवा मुक्तककार युवराज छामिछाने प्रदीपद्वारा लिखित मुक्तक संग्रह ‘कात्रोमा खल्ती’ को परिचर्चा एवं समीक्षा शनिबार पोखरामा गरिएको छ । मुक्तक मञ्च पोखराद्वारा उक्त कार्यक्रमको आयोजना गरेको हो । २०४९ सालमा भारतमा जन्मिएका मुक्तकार प्रदीप स्याङ्जा निवासी हुन् । हाल उनी रुपन्देहीलाई कर्मक्षेत्र बनाएर काम गरिरहेका छन् । उनी संचारकर्मी समेत हुन् । कार्यक्रमका प्रमुख अतिथि कविवर एवं अग्रज मुक्तककार तेजनाथ घिमिरेले साहित्यको चोटिलो विधा मुक्तक चुस्त–दुरुस्त हुनुका साथै समाजको यथार्थता र समय सान्दर्भिक हुनुपर्नेमा जोड दिए । उनले सर्वप्रथम आफू के हो भनेर बुभन आग्रह गर्दै मुक्तक निरन्तर लेख्दै गए आफै, आफ्नै संरचनामा तयार हुने बताए । मुक्तकको उदाहरण दिंदै उनले भने–‘खोलाको ढुङ्गालाई कसैले पनि विभिन्न आकारमा ल्याएका होइनन्, ती ढुङ्गाहरु आफै, आफ्नै आकारमा आएका हुन् ।’कात्रोको खल्ती मुक्तक संग्रहमाथि समीक्षा एवं टिप्पणी गर्दै युवा समीक्षण एवं मञ्चका पूर्व अध्यक्ष सञ्जीव पौडेलले मुक्तककार प्रदीपलाई देशप्रेमी, आदर्शवाद, नारीवादी, प्रेमका सच्चा पूजारीको संज्ञा दिए । समीक्षक पौडेलले भने–‘कात्रोमा खल्ती मुक्त संग्रहमा मुक्तकमा हुनुपर्ने सबै गुण  छ । स्पष्ट, सरल र सबैले बुझ्ने खालका मुक्तकहरु समावेश छन् ।’

मुक्तककार प्रदीपले आफ्ना मुक्तकमा समाजका विकृति, विसंगतिका साथै, राज्य, सरकार र युवा पिंढी विदेशिनु परेको पीडामाथि तिखो प्रहार गरेको समीक्षक पौडेलले बताए । मुक्तक संग्रहमा प्रदीप प्रेमका नाममा हुने गरेको विकृतिमाति तिखो प्रहार र आफ्ना श्रीमान विदेश हुँदा स्वदेशमा श्रमितीले अपनाएको बाटोप्रति खरो रुपमा उत्रिएको पौडेलले स्पाष्ट पारे । समीक्षक पौडेलले भने–‘मुक्त संग्रहमा समावेश गरेको विषयवस्तुले प्रदीप अग्रगामी मुक्तकार र उनीभित्र साहित्यकारमा हुनुपर्ने गुण छ ।’ पुस्तकमाथि टिप्पणी गर्दै उनले मुक्त संग्रहको मूल्याङ्कन गर्न पाठकलाई नै दिनुपर्नेमा जोड दिए भने आगामी संस्करणमा सुधार गर्नुपर्ने विषयहरुमाथि समेत सुझाव दिए । त्यस अवसरमा बोल्दै मुक्तकार प्रदीपले मुक्तक संग्रहमा देखिएका, भएगरेका गल्ति र कमिकमजोरी लाई आगामी संस्करणमा सुधार गरेर अघि बढ्ने प्रतिवद्धता जनाए । 

मुक्तक मञ्च पोखरामा पूर्व अध्यक्ष कृष्ण देवकोटाले मुक्तकमा पोखराको जति योगदान अन्य कुनै पनि शहर तथा स्थानको नभएको भन्दै काठमाडौंले समेत पोखराको सिको गर्न थालेको बताए । नेपाल मुक्तक प्रतिष्ठानका सचिव बादल घिमिरेले मुक्तकमा हुनुपर्ने गुणहरु अझैपनि नेपाली साहित्यमा पाउन नसकिएको भन्दै पछिल्लो पुस्ताले मुक्तकको विकास र प्रवद्र्धनमा केही जमर्को गरेको बताए । मञ्चकी अध्यक्ष सरला लामिछाने ‘सरु’ को अध्यक्षतामा भएको कार्यक्रममा सचिव पवित्रा भण्डारी पारु, संस्थाका सल्लाहकार एवं अग्रज साहित्यकार दीपक समीप, दीलिप दोषी, गजल सन्ध्या पोखराकी अध्यक्ष बिर्सना बस्नेत, मुक्तककार स्वतन्त्र नेपाल, मञ्चका सह–सचिव भरतराज पौडेल  लगायतले आ–आप्mनो भनाइ राखेका थिए । स्रष्टा परिचय पूर्व अध्यक्ष परिवर्तनले गरेका थिए ।  यसैबीच मुक्तक मञ्च पोखराको ९१ औं मुक्तक वाचन कार्यक्रम शनिबार सम्पन्न भएको छ । मञ्चकी अध्यक्ष सरुको अध्यक्षतामा भएको कार्यक्रममा करिब २ दर्जन मुक्तककारहरुले आ–आफ्नो रचना प्रस्तुत गरेका थिए ।


Post a Comment

 
Top