0
गोल्डेन न्यूज संवाददाता
अखिल नेपाल किसान संघको गण्डकी–धौलागिरीको प्रथम क्षेत्रीय भेला सम्पन्न भएको छ । भेलाले चन्द्रबहादुर के.सी.को अध्यक्षतामा ११ सदस्यीय गण्डकी–धौलागिरी क्षेत्रीय समन्वय समिति गठन गरेको छ । भेलामा सचिवमा नेत्र वुढाथोकी र कोषाध्यक्षमा भोजराज उप्रेतीलाई चयन गरेको छ । समितिको सदस्यहरुमा महेन्द्रवहादुर सापकोटा, राम प्रसाद अर्याल,विष्णु गैह्रे, टिका प्रसाद राना र गणेश वहादुर खत्री रहेका छन् । पछि पूर्णता दिने गरी दुई स्थान रिक्त रहेको छ । भेलाको उद्घाटन अखिल नेपाल किसान संघका केन्द्रीय अध्यक्ष भैरव रेग्मीले गरेका थिए । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अथिति रेग्मीले नेपालमा किसान आन्दोलनको आवश्यकता को वारेमा प्रकाश पारेका थिए । भेलामा राष्ट्रिय जनमोर्चाका केन्द्रीय उपाध्यक्ष शंकर वराल, अखिल नेपाल उद्योग व्यापार संघका केन्द्रीय सदस्य सन्तोष पौडेल, अखिल (छैठौं)का केन्द्रीय सचिवालय सदस्य गणेश अधिकारी,अखिल नेपाल किसान संघका केन्द्रीय सदस्य नेत्रबहादुर वुढाथोकी र कास्की जिल्ला कोषाध्यक्ष तमबहादुर रोकाले भेला सफलताको शुभकामना दिएका थिए । भोजराज उप्रेतीको अध्यक्षतामा सम्पन्न भेलाको सञ्चालन चन्द्रबहादुर के.सी.ले गरेका थिए ।

Post a Comment

 
Top