0
गोल्डेन न्यूज संवाददाता
भारतीय नाकाबन्दी यता ईन्धन अभाबका कारण नियमित मेनुमा कटौती गरेका लेकसाईडका रेष्टुरेण्टले सडक महोत्सवको बेला भने चाहेको खानेकुरा दिन सक्ने दावी गरेका छन् । महोत्सबको लागि रेष्टुरेण्टलाई चाहिने आवश्यक ईन्धनको जाहो गरिएकाले पाँहुनाले चाहेको खानेकुरा पाउने आयोजक रेष्टुरेष्ट एण्ड वार एशोसिएशन रेवान पोखराका अध्यक्ष गोपी बहादुर भट्टराईले बताए । ‘नाकाबन्दीपछि नियमित खानेकुरा पनि दिन नसकिएको अबस्था हो तर पनि महोत्सबको लागि छुट्टै ब्यबस्था गरेका छौ’ भट्टराईले भने । स्थानीय प्रशासनसँग समन्वय गरी महोत्सबको लागि ईन्धनको जाहो गरिएको उनले जानकारी दिए । पुस १३ देखि पाँच दिनसम्म चल्ने महोत्सबमा जुनसुकै रेष्टुराबाट पनि पाहुनाले चाहेको खानेकुरा पाउने उनले बताए । 
महोत्सबको लागि १५ प्रतिशत छुट सहितको छुट्टै मेनुको व्यवस्था गरिने आयोजकले जनाएको छ । सडक महोत्सबका बेला लेकसाईडका होटल रेष्टुरेण्टले चरम कालोबजारी गर्दै खाना बस्नमा अत्याधिक मुल्य असुल्दै आएको गुनासो बर्सेनी सुन्ने गरिन्छ । पश्चिमाञ्चल होटल संघले महोत्सब अबधिमा होटलमा ३० प्रतिशत सम्म छुट दिने बताएको छ । प्रत्येक अंग्रेजी नयाँ बर्षको अबसर पारेर रेवान पोखराले बिगत १७ बर्षदेखि सडक महोत्सब गर्दै आएको छ । यो महोत्सबको १७ औं संस्करण हो । महोत्सबको अबसरमा लेकसाईडको ५ किलोमिटर क्षेत्रमा सडकमै टेवुल कुर्सी राखेर खाने रमाउने ब्यबस्था मिलाउने गरिन्छ ।










Post a Comment

 
Top