0
गोल्डेन न्यूज संवाददाता
शिक्षकहित बचत तथा ऋण सहकारी संस्था लिमिटेड, पोखरा–८, कास्कीको चौथो वार्षिक साधारण सभा तथा दोस्रो अधिबेशन शनिबार सम्पन्न भयो । अधिवेशनले उमानाथ पौडेललाई अध्यक्षमा चयन गरेको छ । समितिको उपाध्यक्षमा बसन्धरा पौडेल, सचिवमा वामदेव पौडेल, कोषाध्यक्षमा बाबुराम भुजेल रहेका छन् । त्यस्तै सदस्यहरुमा भोजराज बराल, शिब सापकोटा, नेपाल प्रकाश अधिकारी, ईश्वरी अधिकारी, जीवन कुमारी सिलवाल, गिता ढकाल र गोपाल पौडेल रहेका थिए । ा बढी जायदात रहेको र शिक्षकका हितका लागि शैक्षिक संस्था खोल्ने, शिक्षा क्षेत्रका उत्पादनमुलक क्षेत्रमा लगानी गर्ने जस्ता प्रस्ताव पारित भएको बताए । कार्यक्रममा बोल्दै राष्ट्रिय सहकारी संघका केन्द्रीय सदस्य एवं ने कपा एमाले कास्कीका उपसचिव प्रभा कोइरालाले गुरुहरुले सञ्चालन गरेको सहकारी सबै कुरामा नमूना बन्नु पर्ने भन्दै विभिन्न सफल सहकारी संस्थाका उदाहरण दिएकी थिइन । सरकारले सहकारी सञ्चालकसँग धेरै कर लिने गरेको हुँदा सहकारीहरुको लेखा प्रणाली प्रभावित पारेको हुँदा कर घटाउन सरकारलाई दवाव दिएको बताउँदै सहकारीको लेखा वास्तबिक बनाउने कुरामा सहयोग गर्न आफू लागि परेको कोइरालाले बताइन ।







Post a Comment

 
Top