0
भुकम्पपीडितका नाममा आफ्ना नातेदारसहितको टोली गृह मन्त्री शक्ति बस्नेतले चीन पठाइएको विषय एकीकृत माओवादीको केन्द्रीय समिति वैठकमा प्रवेश गरेको छ । आइतवारकेन्द्रीय समिति वैठकमा बोल्दै नेतारुले एजेन्डा बनाउन माग गरेपछि यो विषय केन्द्रीय समितिमा प्रवेश गरेको हो । वैठकमा प्रचण्ड प्रवेश गरेपछि केन्द्रीय सदस्य हेमराज भण्डारीले सार्वजनिक महत्वका विषय भएकाले यसवारे छलफल गर्न माग गरेका थिए । ‘गृहमन्त्रीको नाम जोडिएर भुकम्पपीडितको कोटामा चीन गएका टोलीवारे गम्भीर बहस शुरु भएको छ । यो सार्वजनिक विषय र सार्वजनिक नैतिकताको विषय भएकाले केन्द्रीय समितिमा एजेन्डा बनाएरछलफल गर्नुपर्छ ।’ वैठकको ध्यानाकर्षण गराउँदै भण्डारीले भनेको उद्धृत गर्दै एक केन्द्रीय सदस्यले बताए ।

भण्डारीले यस्तो माग गरेलगत्तै प्रचण्डले यो विषयलाई एजेन्डा बनाइने जानकारी दिए । प्रचण्डले आइतवार संसद वैठक र मधेशी मोर्चासँग वार्ता रहेको भन्दै सोमवारबाट यो विषयमा छलफल थाल्ने बताएका छन् । सोमवार पार्टीका तर्फबाट सबै मन्त्री राखेर यो विषयमा छलफल गराउने प्रचण्डको तयारी छ । यस अघि शनिवारको स्थायी समिति वैठकमा नेता गोपाल किरातीले गृहमन्त्री शक्ति बस्नेतको राजीनामा मागेका थिए । स्रोतका अनुसार केन्द्रीय समिति वैठकमा गृहमन्त्रीको राजीनामा माग्ने तयारी छ । ‘गृहमन्त्रीको आफै राजीनामा आए राम्रो, नआए पार्टीले सरकारबाट उहाँलाई फिर्ता गराउनुपर्छ भन्ने माग उठछ’ एक केन्द्रीय सदस्यले भने,–‘सोमवारको वैठकमा यस विषयमा कुराकानी हुन्छ । त्यसैगरि वैठकमा नेता गंगा काकीले व्यङ्गात्मक तरिकाले हमला गरे । ‘पार्टीमा सर्वहार संस्कृतिका धज्जी उडयो । वैज्ञानिकले चन्द्रमामा पानी भेटियो भनेका छन् । त्यहाँ पनि घरभडेरी किन्न पहिला माओवादी नेता नै पुग्छन होला ।’ उनले भने । नेता खगराज भट्टलेपनि नेतृत्वको आलोचना गरे । उनले ‘कम निष्टा भएको कम्युनिष्ट, भेटेजति खाने सर्वहारा, कार चढेर वाईवाई गर्ने कार्वाहीको शैली पार्टीमा आयो’ भन्दै सवैलाई हसाएका थिए । उनले फाटेको मन कसरी टाल्ने भनेर पनि प्रश्न राखेका थिए ।
नेता शशी श्रेष्ठले नेतृत्वले आफू घेराबन्दीमा परेको तर्फसंकेत गर्दै उनले भनिन्,–‘अनि किन घेराबन्दीमा परेको त ?’ सामन्य प्रशासन मन्त्री रेखा शर्माले प्राविधिक कारणले आफ्नो उचाई नघटाउन मन्त्रीहरुलाई आग्रह गरिन । उनले सरकारमा गएकाले भूमिकाले नै पार्टीको इन्जत रहने भन्दै राम्रोकाम गर्न नसके सरकारमा बस्नुको औचित्य नुहँने बताइन् । वैठक सोमवार पुन बस्दैछ । पार्टी वैठकमा एमाओवादीका मन्त्रीहरुले यसरी दिए बयान, गोपाल किरातीले मन्त्री हेरफेरको माग गरे बनमन्त्रीले आफुलाई दाउरा नदिएको एमाओवादी नेता गोपाल किरातीको दुखेसो दुई–चार मन्त्री र पाँच–सात नेतालाई कारबाही नगरेसम्म पार्टी सुध्रिँदैन मन्त्री गजुरेल  एमाओवादी बैठकमा गुनासो ः एमाले खत्तम भनेर आईयो, यहाँपनि को कताबाट भन्न थाले लिनप्यावोवादको आरोप लगाउँदै गोपाल किरातीले गृहमन्त्रीको राजीनामा मागे ।







Post a Comment

 
Top