0
गोल्डेन न्यूज संवाददाता
लेखनाथ नगरपालिका वडा नं. १२, खुदी–ढुङ्गेपाटन स्थित गोल्डेन नेचर उच्च माध्यमिक विद्यालयमा विद्यार्थीहरूमा अङ्गे्रजी निबन्ध लेखन प्रतियोगिता सम्पन्न भयो ।  कक्षा ७ देखि १० सम्मका विद्यार्थीहरू सहभागी प्रतियोगिता मा ४१ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । जसमा सुस्मीता पुनले प्रथम स्थान प्राप्त गर्न सफल भइन भने शरद कुमार रानाभाटले द्वितीय स्थान, निरूता पाइजा पुनले तृतीय स्थान र प्रमित शर्मा सुबेदीले सान्त्वना स्थान प्राप्त गर्न सफल भए । कार्यक्रमको संयोजन शिक्षक सोमनाथ कँडेल र प्रेमबहादुर बुढाथोकीले गरेका थिए । विद्यालयले विद्यार्थीमा रहेको निहित प्रतिभा प्रष्फुटन एवम् विद्यार्थीहरूको चौतर्फी विकास गर्ने लक्ष्य बमोजिम नियमितरूपमा विभिन्न अतिरिक्त क्रियाकलापहरु सञ्चालन गर्दै आएको छ ।









Post a Comment

 
Top