0
गोल्डेन न्यूज संवाददाता
कोलगेट ह्वाईट भिजिबल मिस पोखरा–२०१५’ का सहभागीहरुले बुधबारदेखि बिरालो चाल (क्याटवाक) हिँड्न थालेका छन् । कोरियोग्राफर जयन सुब्बा मानन्धरले सहभागी युवतीहरुलाई विरालो चाल हिँड्न सिकाईरहेकी छन् । यसअगाडि प्रतियोगिताको आयोजक पोखरा जेसिजले विभिन्न व्यक्तित्व तथा नेतृत्व विकास सम्बन्धि तालिम दिईसकेको छ । पुस १५ गते पोखरा सभागृहमा हुने सातौँ मिस पोखराको ग्राण्ड फिनालेका लागि सहभागीहरुलाई सम्पूर्ण खाले प्रशिक्षण दिने क्रममा बुधबारदेखि क्याटवाक सेसन शुरु गरेको हो । सातौँ मिस पोखराका सहभागीहरुलाई सम्पूर्ण रुपले तयार बनाउन प्रशिक्षण दिईरहेको यसका आयोजकले बताएका छन् । सातौं मिस पोखराको व्यवस्थापनको जिम्मा ईभेन्ट कम्पनी ‘ईभेन्ट्स फर यू’ले लिएको छ । व्यवस्थापकीय हिसाबले पनि यो पटक कम्पनीले निकै मेहेनत गरिरहेको आयोजकले बताएका छन् । मिस पोखराको प्रशिक्षण राउण्ड अन्तर्गत शनिबार सहभागीहरुले एसओएस बालग्राममा भिजिट गर्ने कार्यक्रम रहेको छ । साथै उनीहरुलाई पोखराको विभिन्न साँस्कृतिक तथा ऐतिहासिक स्थानमा पनि घुमफिर गराउने कार्यक्रम भएको ईभेन्ट्स फर युका व्यवस्थापक सुशिल नेपालीले जानकारी दिए । ‘सहभागीहरुलाई सम्पूर्ण प्याकेज अनुसारको प्रशिक्षण र शिक्षामूलक जानकारी गराउन हामी लागेका छौँ ।’ उनले भने–‘यसो गर्दा उनीहरु भित्र रहेको प्रतिभा प्रस्फुटित गराउन सजिलो हुन्छ । कोलगेट ह्वाईट भिजिबल मिस पोखरा २०१५ को को–स्पोन्सरमा एब्सिका ईन्टरनेशनल एजुकेशन, सब स्पोन्सरमा ग्लोबल रिच एजुकेशन सर्भिसेज प्रा लि,  स्पोन्सरमा कान्तिपुर डेन्टल हस्पिटल, चेरिष्मा ईम्पोरियम एण्ड बुटिक र प्रथम पुरस्कार स्पोन्सरमा ग्लोबल मोटर्स प्रालि रहेका छन् । सातौं मिस पोखराको विजेताले पुरस्कार स्वरुप पचास हजार नगद, एउटा स्कुटर र गोल्डेन क्राउन प्राप्त गर्नेछिन् । पोखराको हकमा सुन्दरी प्रतियोगिताको विजेतालाई गोल्डेन क्राउन पहिराउन लागिएको यो पहिलो पटक हो । त्यस्तै प्रतियोगिताको फस्ट रनर अपले ३० हजार रुपैयाँ र सेकेन्ड रनरअपले २० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।  मिस पोखराको विजेताले विभिन्न खाले अवसरसँगै सोझै मिस नेपालमा सहभागिता समेत जनाउन पाउनेछिन् ।





Post a Comment

 
Top