0
गोल्डेन न्यूज संवाददाता
कास्की जिल्ला अदालत बार एशोसिएशनको तेश्रो कार्यकाल (०७२–०७४) का लागि मङ्सीर ११ गते सम्पन्न निर्वाचनबाट निर्वाचित पदाधिकारीहरुको पदस्थापन सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि पुनरावेदन अदालत पोखराका मुख्य न्यायाधीश डम्बरबहादुर शाहीले निर्वाचित पदाधिकारीहरुलाई पदस्थापन गराएका थिए । उक्त अवसरमा बोल्दै शाहीले बार र बेञ्चको सम्बन्धमा सकारात्मक भूमिका निर्वाह गर्न तथा न्यायपालिकाको पञ्चबर्षीय रणनीतिक कार्ययोजना सफल बनाउन कानून व्यवसायी तथा बार एशोसिएशनको महत्वपूर्ण भूमिका रहने बताए । निर्वाचन समितिका संयोजक अधिवक्ता कमलप्रसाद अर्यालको अध्यक्षतामा भएको  कार्यक्रममा निर्वाचित पदाधिकारी लाई कास्की जिल्ला अदालतका न्यायाधीश रामप्रसाद ओली, वरिष्ठ अधिवक्ता कृष्णबहादुर थापा, नेपाल बार काउन्सिलका सदस्य मोहननाथ कोइराला, नेपाल बार एशोसिएशनका केन्द्रीय उपाध्यक्ष अनिता गुरुङ, पुनरावेदन सरकारी वकिल कार्यालयका न्यायधिवक्ता गणेशबाबु अर्याल, पुरावेदन बारका अध्यक्ष खगेन्द्रराज आचार्य, जिल्ला बारका निवर्तमान सचिव दिपकराज पौडेल, पुलराबेदन बारका पुर्ब अध्यक्ष भूपनिधि पन्त, शुकदेब गौतम, कृष्ण तिमिल्सिना लगायतले बधाइ तथा शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
 
नेपाल बार एशोसिएशनको ८४औं शाखाको रुपमा स्थापीत कास्की जिल्ला बारमा ५३ जना सदस्यहरु रहेका छन । कास्कीमा  कार्यरत बिभिन्न विचार समूहका  कानून व्यवसायीहरुको साझा तथा सहमतीय संस्कार अनुरुप  स्थापनाकाल देखि नै अगाडि बढेको कास्की जिल्ला बारमा यस पटकको निर्वाचनमा पनि सहमतिमा नै उम्मेदवारी परेको निर्वाचन संयोजक अधिबक्ता कमलप्रसाद अर्यालले जानकारी दिए । मसिंर ११ गते सम्पन्न  निर्वाचनमा निर्विरोध भएको निर्वाचन मनोनयनमा अध्यक्ष अधिवक्ता सोमबहादुर श्रेष्ठ, उपाध्यक्षमा अधिवक्ता शिबबहादुर सुनार, सचिवमा अधिवक्ता वीरेन्द्र बाँस्तोला, कोषाध्यक्षमा अधिवक्ता मदनप्रसाद तिवारी, सदस्यहरुमा अधिवक्ताहरु लिलाबल्लौ न्यौपाने, बिष्णुप्रसाद अधिकारी, हेमराज बराल,डण्डपाण्ी बराल, कृष्णकुमार श्रेष्ठ, गिता आचार्य, दुर्गेषराज पन्त, कमल थापा, बाबुराम अर्याल निर्विरोध निर्वाचित भएका थिए ।




Post a Comment

 
Top