0
गोल्डेन न्यूज संवाददाता
लेखनाथ कुटानी पिसानी ब्यवसायी समितिको शनिबार सम्पन्न तेस्रो साधारणसभा तथा दोस्रो अधिबेशनले आगामी कार्यकालकालका लागि रामजी पौडलको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। सर्वसम्बत रुपमा चयन भएको समितिको उपाध्यक्षमा कष्ण बहादुर अधिकारी सचिवमा टिकाराम भुर्तेल, कोषाध्यक्षमा भरतराज न्यौपाने र सह सचिवमा विष्णु गौतम रहेका छन् भने समितिको सदस्यमा नारायण प्रसाद पाण्डे,रामबहादुर श्रीस, रबहादुर बस्नेत,सोमराज सापकोटा, बैकुण्ठराज अधिकारी, तेजकुमारी शाही राणा, बल्पना पोख्रेल, लेखबहादुर गुरुङ, सुधनराज अधिकारी, दामोदर कार्की, कृष्णकुमार श्रेष्ठ र सूर्यबहादुर धमला रहेका छन्।

यसअघि कार्यक्रमको उद्घाटन गर्दै लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीले ब्यवसायिक हक हितका लागि यहाँ रहेका सवै ब्यवसायीहरुको साझा अवधारणाको आवश्यकता रहेकाले लेखनाथ उद्योग वाणिज्य संघले वस्तुगत संघकोलाई अगाडि बढाएको धारणा राखेका थिए। लेखनाथ कुटानी पिसानी ब्यवसायी समितिका अध्यक्ष रामजी पौडेलको अध्यक्षतामा भएको सो कार्यक्रममा लेखनाथ उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष कृष्णहरि भण्डारी, लेखनाथ हाडवेर्यस एसोसियसनका अध्यक्ष ऋषिराम भण्डारी, लेखनाथ भाडा ब्यवसायी समितिका अध्यक्ष भरतराज ओझा,सल्लाकार टिका खनाल, सदस्य चन्द्रगोपाल श्रेष्ठ र निर्वाचन संयोजक ऋषिराम जमरकटेल लगायतले आफनो धारणा राखेका थिए। लेखनाथ कुटानी पिसानी ब्यवसायि समितिका सचिब विलभद्र कडेलले संचालन गरेको सो कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष कृष्णबहादुर अधिकारीले गरेका थिए।









Post a Comment

 
Top