0
गोल्डेन न्यूज संवाददातापोखरा १४ मंसिर ।
नेपाल पत्रकार महासंघ तथा नेपाल प्रेस युनियनका पूर्व केन्द्रीय उपसभापति गंगाधर पराजुली अमेरिका भ्रमणमा जाने भएका छन् । करिब ४० दिनसम्म उनले अमेरिकाको विभिन्न राज्यको भ्रमण गर्ने भएका छन् । अमेरिकाको सभ्यता, संस्कृति र विकासका साथै त्यहाँको पत्रकारिताको बारेमा आफूले बुझ्ने र नेपाल फर्किएपछि राम्रो र सकारत्मक पक्षलाई कार्यान्वयमा गर्न आवश्यक प्रयास गर्ने उनले बताए । गोल्डेन न्यूज दैनिकका प्रधान सम्पादक तथा सामुदायिक रेडियो सुनौलो एफएमका कार्यकारी निर्देशक समेत रहेका पराजुलीको अमेरिका भ्रमणका सन्दर्भमा बुधबार पोखरामा आयोजित भेटघाट कार्यक्रममा पोखरामा रहेर विभिन्न छापा र विद्यूतीय संचार माध्यममा आवद्ध तथा नेपाल पत्रकार महासंघ, प्रेस युनियन, चौतारी र क्रान्तिकारीमा आवद्ध पत्रकारहरुले अमेरिका भ्रमणको सफलताको काम गरेका थिए ।
कार्यक्रममा अमेरिका भ्रमण गरिसकेका पत्रकार महासंघका पूर्व केन्द्रीय उपसभापति बद्रीविनोद प्रतिक, महासंघ कास्की शाखाका पूर्व सभापति नारायण कार्की र रेडियो अन्नपूर्णका प्रमुख कार्यकारी अधिकृत दीपेन्द्र श्रेष्ठले आफूहरुले अमेरिका भ्रमण गर्दाको अनुभूतिको स्मरण गर्दै भ्रमणका क्रममा पुग्नुपर्ने स्थानका बारेमा सुझाव दिएका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रुद्र भट्ट,  कास्कीका सभापति रामकृष्ण ज्ञवाली, सचिव त्रिभुवन पौडेल, नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष रमेश पौडेल, युनियन कास्कीका अध्यक्ष शिरोमणि बराल, युनियनका केन्द्रीय सदस्य ऋषिकान्त पौडेल, अञ्चल संयोजक टंक अधिकारी, नेपाल परिवार दलका केन्द्रीय सदस्य धर्मराज बराल भोला, पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य पुण्य पौडेल, रविन्द्र बाँस्तोला, महासंघ कास्कीका सल्लाहकार राजबहादुर गुरुङ, कास्की आवाज दैनिककी अध्यक्ष सरस्वती गुरुङ, सञ्चारिका समूह पश्चिमाञ्चलकी अध्यक्ष जमुना शर्मा, गण्डकी एफएमका स्टेशन म्यानेजर घनश्याम पाण्डे, रेडियो जननीकी स्टेशन म्यानेजर विमला भण्डारी, सुनौलो एफएमकी स्टेशन इञ्चार्ज कञ्चन थापा, युनियनका कास्की उपाध्यक्ष माधव रेग्मी, सचिव प्रकाश सापकोटा, पूर्व उपाध्यक्ष यदुनाथ बञ्जरा, संचारकर्मीहरु राधिका कंडेल, रिपोटर्स क्लव कास्की अध्यक्ष वासु मिश्र, राससका बासु पौडेल लगायतले पत्रकार पराजुलीको अमेरिका भ्रमणको फलदायी बनोस् भन्दै शुभकामना प्रकट गरेका थिए ।
अंग्रेजी नयाँवर्ष २०१६ र क्रिश्मसको समयमा पत्रकार पराजुली अमेरिकामा रहने र जनवरी १३ मा नेपाल फर्किने कार्यक्रम छ । यसअघि पराजुलीले सन् २०१५ मा जापान, २०१३ मा हाइटी र डोमिनिकन रिपव्लिका, २००६ मा दक्षिण कोरियाका साथै चीन र भारत भ्रमण गरिसकेका छन् ।

Post a Comment

 
Top