0
गोल्डेन न्यूज संवाददाता
नयाँ शक्ति निर्माण अभियान अन्तर्गत कास्कीमा युवाहरुको भेला भए लगत्तै कास्कीका बिभिन्न वडा र गाविसहरुमा नयाँ शक्ति निर्माण अभियानले युवाहरुको भेलाले तीव्रता पाएको छ । नयाँ शक्ति निर्माण अभियानका युवा अभियान्ताहरुले सराङ्कोटमा अजय ढकालको संयोजकत्वमा ११ सदस्यीय युवा समीति गठन गरेको छ ।  जसको सदस्यहरुमा अनिल थापा ,रामचन्द्र ढकाल, महेश ढकाल विकास ढकाल, वीरेन्द्र ढकाल, रमेश ढकाल, डिलबहादुर ढकाल र प्रकाश जिसी रहेका छन् । बुधबार सराङकोटमा भएको कार्यक्रममा नयाँ शक्ति युवा अभियानका अभियान्ता देब क्षेत्रीले युवाहरु अव निर्वाचनको समयमा प्रयोग मात्र नभएर निति निर्माण गर्ने तहमा पुग्नुपर्ने बताएका थिए । कार्यक्रममा प्रमुख अतिथिका रुपमा नयाँ शक्ति निर्माण अभियान कास्कीका अभियान्ता रिम बस्यालले नयाँ शक्ति निर्माण अभियान भनेको राष्ट्र निर्माण अभियान भएको हुँदा उक्त अभियानमा लामबद्ध हुन सबैसँग आग्रह गरेका थिए ।  








Post a Comment

 
Top