0
गोल्डेन न्यूज संवाददाता
शिक्षा विभागका महानिर्देशक खगराज बरालले न्यूनतम विद्यार्थी सङ्ख्या पु¥याउन सरकारी विद्यालयहरुलाई निर्देशन दिएका छन । पोखरा–२५ ठूलीविडिमा रहेको लक्ष्मी निम्न माध्यामिक विद्यालयको स्वर्ण जयन्तीको उद्घाटन गर्दै महानिर्देशक बरालले सरकारी विद्यालयमा विद्यार्थीहरुको सङख्या घट्दै गएकोले न्यूनतम विद्यार्थीहरुको सङख्या कायम राख्न निर्देशन दिएका हुन । उनले भने “सरकारी विद्यालयको भौतिक तथा शैक्षिक विकासकोलागि विद्यार्थी सङ्ख्या बढाएर मात्र आर्थिक सहयोगको माग गर्नुहोला अन्यथा  हामीलाई नै समस्या हुन्छ ।” सरकारी विद्यालयलाई सरकारले सहयोग गर्न चाहेर पनि नसक्ने बताउदै उनले त्यसको लागि विद्यार्थी संङख्या बढाएको खण्डमा आर्थिक सहयोग जुटाउन सक्ने बताए । उनले भने–“सरकारी विद्यालको विद्यार्थी सङ्ख्या उपयुक्त भएको खण्डमा करोडौं रुपैयाँ विद्यालयको भौतिक तथा शैक्षिक विकासको लागि आर्थिक सहयोग सजिलै जुटाउन सकिन्छ ।” नेपालको जनसङख्या बृद्धिदर २.५ बाट घटेर १.३ मा झरेको अबस्थामा सरकारी विद्यालयमा अध्ययन गर्ने वालवालिकाहरुको सङ्ख्या पनि घट्दो भएको तथा निजी वोर्डिङ स्कुलहरुमा पठन–पाठन गराउने भएकोले पनि सरकारी विद्यालयमा बिद्यार्थीहरुको सङख्या हरेक बर्ष घट्दो रुपमा रहेको उनले बताए ।

उक्त विद्यालयको अगुवाईमा सामुदायमा सरसफाई कार्यक्रमहरु प्रभावकारी भएकोले यसअघि नेपाल सरकारले विद्यालयलाई राष्ट्रिय सरसफाई पुरस्कार प्रदान गरेको छ । उक्त विद्यालय २०६८ मा सरसफाईमा नमुना विद्यालयको रुपमा घोषणा गरिएको थियो । विद्यालयको आर्थिक अबस्था कमजोर भएको कारणले गर्दा वैशाखदेखि एक जना कर्मचारी निकाल्नु परेको विद्यालयका प्राध्यानाध्यापक लोकनाथ बरालले बताए । उनका अनुसार विद्यालयले मासिक ४० हजार रुपैया निजी रुपमा कर्मचारीहरुलाई तलव खुवाउदै आएको छ । स्वर्ण जयन्तीको अवसरमा विद्यालयका प्रध्यानाध्यापक लोकनाथ बराल, पूर्व अध्यक्ष खडानन्द बराल लगायतलाई सम्मान गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद ढकालकोे अध्यक्षतामा सम्पन्न भएको स्वर्ण जयन्ती उद्घाटन सत्रमा समाजसेवी खेमराज पौडेल, वाल क्लबका अध्यक्ष सुस्मिता बराल, प्राध्यापक तथा पूर्व विद्यार्थी टंकनाथ बराल, समाजसेवी धनबहादुर कार्की, शिक्षक शंकर वाँस्तोला, हेमसागर वराल लगायतका वक्ताहरुले बोलेका थिए । विद्यालयमा नर्सरीदेखि कक्षा ५ सम्म अग्रेंजी माध्यमबाट पढाई संचालन भईरहेको छ । विद्यालयमा हाल ८९ जना विद्यार्थीहरु रहेका छन । यसअघि स्वर्ण जयन्ती कार्यक्रमको अवसरमा विद्यालयमा सरसफाई र अन्तर प्रावि स्तरीय हाजिर जवाफ प्रतियोगिता समेत आयोजना भएको थियो । हालै सम्पन्न भएको हाजिरजवाफ प्रतियोगितामा लक्ष्मी निमावि प्रथम, पोखरा दर्शनस्थल दोश्रो र सुक्रराज उच्च मावि तेश्रो भएका हुन । शुक्रबार भने पूर्व विद्यार्थी पुनःमिलन कार्यक्रम भएको थियो ।  





Post a Comment

 
Top