0
गोल्डेन न्यूज संवाददाता
लायन्स क्लब अफ पोखरा पिस हिमालयन सिटीले शनिबार आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा तीन सय ५२ जनाको निःशुल्क परीक्षण गरिएको छ। कार्यक्रमका प्रमुख अतिथि कास्कीका सहायक जिल्ला शिक्षा अधिकारी हेमनारायण चापागाईले लायन्स क्लबहरूले नेपालमा भूकम्प, बाढी, पहिरोजस्ता प्रकोपमा उल्लेखनीय काम गरेको बताए। उनले यस प्रकारका शिविरले स्वास्थ्यमा सर्वसाधारणको पहुँच र सचेतनाका लागि सहयोग पुग्ने विचार राखे। युआरएलका प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्तले सर्वसाधारणसम्म स्वास्थ्यको पहुँच पु¥याउन सामाजिक उत्तरदायित्व वहन गर्दै आफूहरुले विभिन्न संघ, संस्थासँगको सहकार्यमा शिविरका लागि योगदान गरेको बताए। उनले भविष्यमा पनि सर्वसाधारण लाभान्वित हुने प्रकारका कार्य गर्न आफूहरू तयार रहेको उल्लेख गरे। कार्यक्रममा युआरएलका अध्यक्ष चेतबहादुर गुरुङ, अफिनका केन्द्रीय उपाध्यक्ष डा. पदम खड्का, जोन चेयर पर्सन तेजनारायण पराजुली र डिष्ट्रिक्ट चिफ एरिया कोअर्डिनेटर तीर्थलाल श्रेष्ठले पनि बोलेका थिए। शिविरमा युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल), नेमस्ते हस्पिटल प्रालि र विन्दवासिनी डेन्टल केयर प्रालिले प्राविधिक सहयोग गरेका थिए। लायन्स क्लब अफ पोखरा पिस हिमालयन सिटीका अध्यक्ष टेकनारायण पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत प्रथम उपाध्यक्ष भोजराज बराल, ध्वजाको अभिवादन कोषाध्यक्ष धर्मदत्त बरालले गरेका थिए। क्लबका अध्यक्ष पौडेलले स्थानीय क्षेत्रको स्वास्थ्य क्षेत्रमा योगदानका लागि शिविर आयोजना गरिएको र भविष्यमा पनि विभिन्न संघ, संस्थासँगको सहकार्यमा यस्ता क्रियाकलापलाई निरन्तरता दिइने बताए। यसैबीच युनाइटेड रेफरेन्ट ल्याब्रोटरी प्रालि (युआरएल) ले वेवसाइड शुभारम्भ एवं पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेको छ । युआरएलले यहि मंसिर २३ गते बुधबार उक्त कार्यक्रमको आयोजना गरेको संस्थाका अध्यक्ष चेतबहादुर गुरुङले जानकारी दिए । कार्यक्रम पोखराको न्यूरोड स्थित स्काइ टच रेष्टुरेन्टमा हुने बताइन्छ । संस्थाको दोस्रो वार्षिकोत्सवको अवसरमा उक्त कार्यक्रम आयोजना गर्न लागिएको प्रवन्ध निर्देशक ठाकुर पन्तले गोल्डेन न्यूज दैनिकलाई बताए ।


Post a Comment

 
Top