0
गोल्डेन न्यूज संवाददाता
नेकपा (क्रान्तिकारी माओवादी) कास्कीले नेकपा–माओवादी र नेकपा (एकीकृत) बीच एकीकरणपश्चात् इलाकास्तरीय एकता अधिवेशनलाई तीव्रता दिएको छ । क्रान्तिकारी माओवादीको बिहीबार सम्पन्न इलाका नं. २ को भेलाले सन्तबहादुर भुजेलको संयोजकत्वमा २९ सदस्यीय इलाका कमिटी गठन गरेको छ । जसमा सह–संयोजक दुर्गादत्त अधिकारी चयन भएका छन्  भने ७ सदस्यीय सचिवालय समेत गठन गरिएको छ । इलाका भेलामा क्रान्तिकारी माओवादीका केन्द्रीय सचिवालय सदस्य एवं तमुवान राज्य संयोजक श्रीनाथ अधिकारी श्यामले प्रशिक्षणात्मक शुभकामना मन्तव्य व्यक्त गरेका थिए । सो अवसरमा पार्टीका केन्द्रीय सदस्यद्वय हरिबहादुर चुमान अजित, रामजी थापा, कास्की जिल्ला संयोजक अर्जुन छन्त्याल, सह–संयोजक भीमबहादुर श्रीस, तमुवान राज्य सदस्य शिव खनाल, इलाका नं. १ का सह–संयोजक प्रेमकाजी गुरुङ, तिलक बराललगायतले आ–आफ्नो भनाइ राखेका थिए ।
 
यसअघि, क्रान्तिकारी माओवादी कास्की इलाका नं. ७ को भेला पनि सम्पन्न भएको छ । सो भेलाले रामबहादुर पुनको संयोजकत्वमा इलाका कमिटी गठन गरेको छ । जसको सह–संयोजकमा लालबहादुर थापा रहेका छन् । भेलामा क्रान्तिकारी माओवादीका केन्द्रीय सचिवालय सदस्य एवं तमुवान राज्य संयोजक श्रीनाथ अधिकारी श्यामले प्रशिक्षण दिएका थिए । त्यसैगरी, सो अवसरमा पार्टीका केन्द्रीय सदस्य रामजी थापा, जिल्ला संयोजक अर्जुन छन्त्याल, सह–संयोजक भीमबहादुर श्रीस, कार्यालय सचिव इन्द्रबहादुर गुरुङ, सीता गुरुङलगायतले बोलेका थिए । त्यस्तै, इलाका नं. ६ को भेलाले राजकुमार सुवेदी राजनको संयोजकत्वमा १७ सदस्यीय इलाका कमिटी गठन गरेको छ । भेलामा पार्टीका केन्द्रीय सचिवालय सदस्य एवं तमुवान राज्य संयोजक श्रीनाथ अधिकारी श्याम, केन्द्रीय सदस्य रामजी थापा, जिल्ला संयोजक अर्जुन छन्त्याल, सह–संयोजक भीमबहादुर श्रीस, कार्यालय सचिव इन्द्रबहादुर गुरुङले शुभकामना मन्तव्य तथा प्रशिक्षण दिएका थिए ।


Post a Comment

 
Top