0
गोल्डेन न्यूज संवाददाता
एमाले वडा कमिटी पोखरा ९ को वडा स्तरीय प्रशिक्षण शनिवार  सम्पन्न भयो । प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै नेकपा एमाले कास्कीका उपसचिव प्रभा कोईरालाले नेकपा एमाले पार्टीलाई जनतामा आकर्षित  गर्न राजनीतिक प्रशिक्षणले थप बल पु¥याउने बताइन । मुख्य प्रशिक्षक नेकपा एमाले निवर्तमान राष्ट्रिय प्रतिनिधि परिषद सदस्य भिम कार्कीले कम्युनिष्ट इतिहास, जनताको वहुदलीय जनवाद, संगठन लगायतमा रही प्रशिक्षण गराएका थिए । प्रेस चौतारी कास्कीका उपाध्यक्ष रामजी लम्सालले उद्घोषण कला, व्यक्तित्व विकास, वैठक व्यवस्थापन आदिका सन्दर्भमा प्रशिक्षण गराएका थिए । वडा कमिटी अध्यक्ष प्रकाश शर्माको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले कास्कीका सचिवालय सदस्य प्रेम विक, लक्ष्मी अधिकारी ,सदस्य भेषराज बराल, पोखरा नगरविशेष इलाका उपाध्यक्ष सिता पहारी, सचिवालय सदस्य दुर्गा प्रसाद श्रेष्ठ, पूर्ण गुरुङ ,पूर्व क्षेत्र नं ३ सचिवालय सदस्य दामोदर शर्मा पूराजूली  सल्लाहकार वेलदास पहारी, कमिटीका उपाध्यक्ष दिलमाया गुरुङ लगायतले आ–आफ्नो भनाइ राखेका थिए । कार्यक्रममा वडा कमिटी पोखरा–९ को मुखपत्र संमृद्धि प्रकाशनमा सहयोग पु¥याउने कमिटीका सदस्य प्रकाश रानामगर र महादेव रानाभाटलाई सम्मान गरिएको थियो।







Post a Comment

 
Top