0
बाजुङ्ग पोखरा सम्पर्क सेवा समितिको दोेस्रो वार्षिक साधारण सभा मगंलबार कास्कीको पोखरामा सम्पन्न भएको छ । पर्वत जिल्लाको बाजुङ्ग गाउँबाट बसाईसराई गरी कास्की लगायत देश विदेशका विभिन्न ठाउँहरुमा बसोवास गर्दै आएका बाजुङ्गवासीलाई एकै ठाउँमा समेट्दै आफ्नो परम्परा संस्कार, जन्मथलोलाई भावी पुस्ताहरुमा जागृत गराउने उद्देश्यका साथ सो समितिको स्थापना भएको हो । समितिले गत बैशाख १२ गते गएको भूकम्पबाट पीडित भएका बाजुङ्गको बाउसे र ओखलढुङ्गगाका भूकम्प पीडितहरुलाई रु. ५३ हजार ९ सय ५०, लमजुङ्गको गणेश प्राविलाई रु.६५ हजार, बाजुङ्ग सिदार्थ प्रा.वि.लाई रु.२७ हजार ३ सय ४५ र बाजुुङ्ग भौगोलिक वित्तचित्र निर्माणको लागि ११ हजार रुपैयाँ सहयोग उपलब्ध गराएको छ भने मिलन फाउण्डेशन नेपाल सँग सहकार्य गरी बाजुङ्गमा निःशुल्क आखाँ शिविर एवं भूकम्प पीडित घरपरिवारहरु लाई खाधान्न लगायतका सामग्रीहरु उपलब्ध गराएको समितिका सदस्य विश्ववन्धु प्रसाईले जानकारी दिए ।कार्यक्रममा बोल्दै समितिका कार्यवहाक अध्यक्ष कृष्णकला के.सीले बाजुङ्ग गा.वि.स लाई सवैको सामु चिनाउनको लागि सवै गाउँवासीहरु एकजुट भएर अगाडि बढनुपर्ने बताएका छन् । कार्यक्रममा लघुवित्त संघ मिफान नेपालका राष्ट्रिय उपाध्यक्ष एवंम नेष्डो नेपालका कार्यकारी प्रमुख विश्व प्रकाश प्रसाईले जुनसुकै ठाउँ र देशमा वसोवास गरेतापनि आफ्नो जन्मभूमिलाई कहिल्यै भुल्न नहुने बताउँदै सानो ठूलो विकासमूलक कार्यहरु गर्दै जानुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा शिक्षाप्रेमी रत्न प्रसाद अधिकारी,समाजसेवी चित्र बहादुर के.सी लगायतले गाउँको विकासको लागि सकारात्मक सोचका साथ लागि पर्नुपर्ने बताए । साधरणसभाले सचिव मिन बहादुर गुरुङ्गको वार्षिक प्रतिवेदन, कोषाध्यक्ष क्याप्टेन रामकाजी गुरुङ्गको आर्थिक प्रतिवदेन पारित गरेको छ । कार्यक्रम कार्यवाहक अध्यक्ष कृष्णकला के.सीको अध्यक्षता सदस्य वीरेन्द्र ए.सीको स्वागत एवं सह–सचिव बिजय पौडेललको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।



Post a Comment

 
Top