0
गोल्डेन न्यूज संवाददाता
नेपाल रेडक्रस सोसाइटी केन्द्रिय कार्यालयको आयोजनामा प्राथमिक उपचार सम्बन्धी नौ दिने प्रशिक्षक प्रशिक्षण तालिम बुधवार पोखरामा सम्पन्न भएको छ । कार्यक्रमको समापन गर्दै कास्की रेडक्रसका सभापति वामदेव ढुङ्गानाले तालिम प्राप्त प्रशिक्षक अभाव भइरहेका बेला उत्पादित जनशक्ति कास्की शाखाले उपयोग गर्ने बताए । शाखाका उपसभापति डोलराज पाण्डेले सिकेको सीप उपयोग गर्न सहभागि हरुलाई आग्रह गरे । तालिम संयोजक शुशिलराज रेग्मीले रेडक्रसले प्रदान गर्ने यसप्रकारको तालिम निश्चित नियमका आधारमा सञ्चालन गरिने भएकाले अन्तर्राष्ट्रियस्तरमा समेत महत्व रहेको उल्लेख गरे । सहभागिको तर्फबाट कास्कीकी सीता गुरुङ र काभ्रेका इश्वर श्रेष्ठले तालिमले दक्ष प्रशिक्षक बनाएको अनुभव सुनाउदै व्यवहारमा उतार्ने प्रतिवद्धता व्यक्त गरे । तालिममा प्राथमिक उपचार, सडक सुरक्षा, प्रशिक्षण विधि लगायतका विषयमा सहजिकरण गरिएको थियो । तालिममा सुशिलराज रेग्मी, सूर्यप्रसाद ढकाल, खेमराज सापकोटा, लक्ष्मण माली, दिनेशकुमार कार्की, निरञ्जन सेढाई, टिकाराज पौडेल लगयातले सहजिकरण गरेका थिए । कास्की, काभ्रे र भक्तपुरका २४ जनाको सहभागिता रहेको तालिममा १२ जना ‘ए’ र बाँकी ‘बी’ ग्रेडमा उर्तीण भएका छन् । । तालिम मंसिर ८ गतेबाट सञ्चालन भएको थियो ।


Post a Comment

 
Top