0
गोल्डेन न्यूज संवाददाता
नेपाल सरकारले पूर्व राष्ट्रप्रमुख र उच्च पदाधिकारीहरुलाई आजीवन सुविधा दिने सरकारी तयारीप्रति पोखराका नागरिक समाज, स्वतन्त्र पत्रकार संघ नेपाल, सचेतना समाजले राप्रपा नेपाल कास्कीमार्फत उपप्रधान मन्त्री तथा परराष्ट्रमन्त्री कमल थापालाई पठाएको स्मरण पत्रलाई कार्यान्वयनका लागि उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री समक्ष जोडदार समर्थनका साथ सोमवार स्मरणपत्र पठाएको छ । स्मरणपत्रमाथि पार्टीको धारणा राख्दै केन्द्रीय सदस्य तथा अञ्चल संयोजक रमेश बहादुर भट्टराईले  भुकम्प र नाकाबन्दीले नेपालको अर्थतन्त्रलाई थलोथलो पारेको अवस्थामा वार्षिक करीब ३ अर्ब रुपैयाँ पूर्व राजनीतिक नेताहरुलाई सेवा सुविधामा राज्यको कोषबाट खर्च गर्नु दुर्भाग्यपूर्ण भएके बताउँदै सो रकमले वार्षिक ४० मेगावाट विद्युत उत्पादन हुन सक्ने बताए। सो अवसरमा जिल्ला अध्यक्ष जयलाल पुनले तपाइहरुले उठाएको विषय सबै नेपालीहरुको साझा विषय भएको बताउँदै गरिब देशका गरिब जनताले तिरेको करबाट संकलन गरेको रकम राजनीतिको नाममा सुविधा लिनु भनेको अपराध भएकोले यो कुरा कुनै पनि हालतमा लागू गर्न नदिन प्रतिवद्धता व्यक्त गरे।

यसैबीच उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कमल थापाको यही पुस ८ गतेदेखि हुन गइरहेको चीन भ्रमणका अवसरमा राप्रपा नेपाल कास्की जिल्ला तथा गण्डकी अञ्चल समन्वय समितिको तmर्पmबाट चीनसँग हुने सम्भावित व्यापार तथा नाका खोल्ने सन्धी सम्झौता एवम् सरकारको सहयोगमा निर्माण हुने विकास निर्माणका सवालमा जनसरोकारका विषयलाई समेट्न माग गरिएको छ । उपप्रधान तथा परराष्ट्र मन्त्रीलाई पठाइएको राप्रपा नेपाल कास्की तथा गण्डकी अञ्चलको तर्फबाट अञ्चल संयोजक रमेश बहादुर भट्टराई एवं जिल्ला अध्यक्ष जयलाल पुनद्वारा हस्ताक्षरित प्रस्तावपत्रमा जनसरोकारका विषयहरुलाई समेट्न माग गरिएको छ । प्रस्तावपत्रमा कोराला जोमसोम नाका खोली विस्तार गर्ने, मुस्ताङ पोखरा राजमार्ग विस्तार गर्ने, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल शीघ्र संचालन गर्ने, पोखरा काठमाडांै रेलमार्ग निर्माण गर्ने र पोखरा शहरलाई स्मार्ट सिटी बनाउन चीन सरकारसँग अनुरोध गर्ने लगायतका प्रस्तावहरु रहेको गण्डकी अञ्चल सचिव सूर्य बाँस्तोलाले जानकारी दिए ।












Post a Comment

 
Top