0
तीर्थहरि स्मृति प्रतिष्ठान, पोखराले शनिबार ४ जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ । सामुदायिक विद्यालयमा कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुमध्ये छानिएका ४ जनालाई जनही रु. ३ हजार रुपैयाँ नगदसहित स्टेशनरी सामानहरु छात्रवृत्तिका रुपमा प्रदान गरेको हो । ९ विद्यालयका २७ जना गरिब तथा जेहेनदार विद्यार्थीहरुको परीक्षा लिई उत्कृष्ट भएका इन्द्रराज्यलक्ष्मी उच्च माविका सुमन राई, ज्ञानभूमि माविका अनिल शाह, बालमन्दिर उच्च माविकी प्रतिमा लामिछाने र शान्त उच्च माविकी सुषमा लामिछाने गरी चार जनालाई सो छात्रवृत्ति प्रदान गरिएको प्रतिष्ठानका सचिव अनुराग अधिकारीले जानकारी दिए ।
प्रतिष्ठानका अध्यक्ष वीरेन्द्र पालिखेको अध्यक्षतमा भएको छात्रवृत्ति वितरण कार्यव्रmममा प्रमुख अतिथि शिक्षासेवी डा. राधेश्याम कायस्थले नेपालको शिक्षामा गुणस्तर छैन भन्ने भनाइको खण्डन गर्दै केवल व्यवस्थापनको कमजोरी भएको औँल्याए । सचिव अनुराग अधिकारीको सञ्चालनमा भएको कार्यव्रmममा गणित शिक्षा परिषद्का केन्द्रिय उपाध्यक्ष तथा कास्की अध्यक्ष चिन्तामणि शर्मा, शान्त उच्च माविका प्रधानाध्यापक विष्णु भट्टराई, गायक रामभक्त जोजिजू, सञ्चारकर्मी रुपिन्द्र प्रभावी लगायलते बोलेका थिए । परीक्षाको निर्णायकहरुमा सञ्चारकर्मी तथा शिक्षक ऋषि खतिवडा, दीपक खड्का र विष्णु अधिकारी रहेका थिए । आफ्ना माता र पिताका नाममा समाजसेवी वीरेन्द्र पालिखेले स्थापना गर्नुभएको छात्रवृत्ति कोषमा अनुपम म्युजिक पोखराले गत असारमा सम्पन्न गरेको अनुपम साङ्गीतिक साँझबाट बचत भएको रकम पनि थप गरिएको थियो । सो अवसरमा अध्यक्ष पालिखेले आगामी वर्षमा सामुदायिक विद्यालयबाट एस एल सी दिने विद्यार्थीहरुका लागि २ महिने निःशुल्क ट्युसन कक्षा पनि सञ्चालन गर्ने घोषणा गरे ।




Post a Comment

 
Top