0
गोल्डेन न्यूज संवाददाता
पोखराका अग्रज साहित्यकार दीलिप दोषी सम्मानित हुने भएका छन् । नेपाली भाषा र साहित्यमा उल्लेखनीय योगदान पु¥याए बापत दोषीलाई सम्मान गर्न लागिएको हो । दोषी गजल सन्ध्या पोखराका संस्थापक अध्यक्ष एवं गजलकार समेत हुन् । आगामी पौष ११ गते शनिवार ओखलढुङ्गामा आयोजना हुने एक कार्यक्रमका बीच उनलाई सम्मान गर्न लागिएको बताइन्छ ।  उनलाई सिद्धिचरण सम्मान–२०७२ बाट सम्मान गरिन लागिएको बताइन्छ । युग कवि सिद्धिचरण श्रेष्ठ, राष्ट्रिय गानका रचयिता कवि व्याकुल माइला, कवि प्राध्यापक घटराज भट्टराई, कवि कृष्ण प्रसाद भट्टराई  तथा स्रष्टा सर्जक पाण्डव सुनुवारको साहित्यिक भूमि ओखलढुङ्गामा नेपाली साहित्यको श्रीवृद्धिका लागि स्थापना भएको नमस्ते साहित्य समाजले साहित्यकार दोषीलाई सम्मान गर्न लागेको हो । 
त्यसैगरी नेपाली गजल वर्ष सम्मान चितवनका गजलकार पुष्प अधिकारी अञ्जली, नमस्ते साहित्य रत्न सम्मान मकवानपुरका कवि बिर्खे अञ्जान, नमस्ते साहित्य समाज युवा प्रतिभा सम्मान स्याङ्जाका जीवनपानी, नमस्ते साहित्य समाज नव प्रतिभा सम्मान बाँकेका सुमित्रा न्यौपाने एवम् नमस्ते साहित्य समाज सेवा सम्मान ओखलढुङ्गाका गोकर्ण बानियाँलाई प्रदान गर्ने निर्णय गरेको छ । उक्त कार्यक्रममा नेपालका विभिन्न जिल्लाका स्रष्टाहरुको बाक्लो उपस्थिति रहने उक्त अवसरमा गजलकार विष्णुदीप सङ्कल्पको गजल सङ्ग्रह र कवि तथा सञ्चारकर्मी कष्ण कट्टेलको कविता सङ्ग्रह सरकार पारीको गाउँ पनि लोकार्पण गरिने बारेमा संस्थाका सचिव प्रकाश किरण र अध्यक्ष विष्णुदीप सङ्कल्पको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । साहित्यकार दोषी यसअघि पनि विभिन्न संघ–संस्थाद्वारा सम्मानित एवं पुरस्कृत भइसकेका छन् ।

Post a Comment

 
Top