0
नेपाली कम्युनिष्ट आन्दोलनमा माओवादको वैचारिक प्रभाव शुरुदेखि नै रह्यो । खास गरि झापा वर्गसंघर्षदेखि माओवादी जनयुद्ध नै त्यसका तथ्य हुन् ।
निश्चय पनि झापा संघर्षको यान्त्रिकता र वैचारिक राजनीतिक अस्पष्टता तथा त्यसको असफलताबाट माओवादी जनयुद्धको तयारीका लागि ज्वलन्त अनुभवको रुपमा आत्मसाथ भयो । झापा संघर्षको असफलताले त्यसको थालनी र प्रयोगकर्ता माले समूह माओवादबाट विचलित भएको दुई दशकको अन्तरकालमा माओवादी आन्दोलन पुनः शुरु हुनुले माओवादको वैचारिक निष्ठा र आर्कषणको परिणाम हो ।
माओवादी आन्दोलनको वैचारिक–राजनीतिक एव्व संगठनात्मक (पछि चार तयारी) विशेष गरी मशाल समूहको पाँचौ महाधिवेशन उपरान्त गति लियो । पाँचौ महाधिवेशनको अबस्थामा विचार, राजनीतिक र नेतृत्वको चुनौति सर्वा्धिक महत्वको प्रश्न बन्यो । त्यसपछि युवा पंक्तिको माओवादतर्फ आर्कषण बढ्यो । तत्कालीन अबस्थामा क्रान्तिकारी चरित्र र अस्तित्वको निम्ति जसको विकल्प थिएन ।
माओवादको प्रयोग र विकास ः
नेपाली भूमिमा माओवादी आन्दोलनको करिव तीन दशक पुरा भएको छ । माओवादी विचार, नेतृत्व र संगठनात्मक तयारीको पहिलो दशक ०४२ देखि ०५२, माओवादको प्रयोग जनयुद्धको थालनी । विकासको दोस्रो ०५२–०५३ र शान्ति प्रक्रियाको तेस्रो दशक ०६३–०७२ नेपाली कम्युनिष्ट आन्दोलनको उथलपुथल को तीन दशक रह्यो ।
नेपाली जनक्रान्तिमा माओवादको प्रयोग र विकास प्रारभ्भदेखि सिर्जनात्मक र मौलिक रह्यो । माओवादी विचार, नेतृत्व, राजनीतिक र संगठनात्मक तयारी शास्त्रीय वा अन्धानक्कल भन्दा गुणात्मक रुपले भन्दा गुणात्मक रुपले भिन्न रह्यो , के अर्थमा भने वैचारिक–राजनीतिक, संगठनात्मक तयारीको प्रश्नलाई जन–वर्गसंघर्षको आन्दोलनको आधारसँग जोडिएको थियो । जसको परिणाम माओवादीको वैचारिक आधारसँगसँगै राजनीतिक कार्य्दिशा र संगठनात्मक (नेतृत्व) को विकास सम्भव भयो , जो तीन दशकको माओवादी आन्दोलनले नेतृत्वको विकास अकल्पनीय ढंगबाट पुरा गर्यो ।
प्रचण्डपथको सारतत्व
प्रचण्डपथ माक्र्सवाद, लेनिनवाद र माओवादको रक्षा, प्रयोग र विकास मुख्यत ः विकासको क्रममा नेपाली जनक्रान्तिको वैचारिक एवं राजनीतिक शष्लेशण विशिठ तथा मौलिक विचार श्रृखलाको समुच्च रुपको अथएमा पार्टीले शष्लेशण गर्ने प्रारभ्भिक कोशिष गर्यो । मार्गनिर्देशक सिद्धान्तलाई सिर्जनात्मको रुपमा बुझ्नु र दह्रोसँग पकडनु, नेपाली समाजको विकासको विशिष्ठ चरित्रलाई आत्मसाथ गर्नु, संघर्षको विशिष्ठ चरित्रको संयोजन र सन्तुलन गर्नु, रणनीति र कार्यनीतिमा जोड र ध्यान दिनेमा पारगंत हुनु, राजनीतिक पहललकदमीमा गतिशिलता र जनपक्षधरताको दृढतामा जोडदिनु, विपरित विचार प्रवृतिको अस्तित्व र औचित्य आत्मसाथ गर्नु, परिस्थितिको अग्रगामी परिवर्तनका लागि नेतृत्वको भूमिकामा पहदकदमी कायम राख्नु प्रचण्डपथको मुख्य वैचारिक एव्म राजनीतिक सारतत्व हुन् ।
प्रचण्पथको मौलिकता
माओवादी जनयुद्ध दीर्धकालीन र रणनीतिको ब्याख्या विश्लेशण भनिएपनि यथार्तमा अल्मकालीन युद्ध र रणनीतिको प्रयोग भयो । जनयुद्धको दश बर्षमो अवधीमा प्रत्याक्रमणको चरणमा जनयुद्धको विकास गरेर एकैसाथ दुई रणनीति पुरा गर्यो । पहिलो कार्य गोलचक्करको अबस्थाबाट जनयुद्ध मुक्त रह्यो, जसको परिणाम यसको प्रभाव विस्तारको गति रोक्न प्रतिक्रियावादी राज्यसत्ता पूर्ण रुपले असफल भयो । दोस्रो कार्य केन्द्रीय राजनीतिक सत्ताको समान्तरक शक्ति केन्द्रको स्थानमा पार्टी र आन्दोलनलाई स्थापित गर्यो । यदि तिव्र गतिमा जनयुद्धको विकास हुँदैनथ्यो भने सशस्त्र संघर्षको दूर्घटना हुन्थ्यो ।
अध्यक्ष प्रचण्ड तथा प्रचण्डपथको विशेष्ता कार्यनीतिक गतिशिलतामा तिव्रता दिनुहो । गतिशिलता क्रमभंग, छलाङ र महान फ्डको प्रचण्डपथको सुत्र बाक्य हो । जनयुद्ध थालनीको ६–७ बर्षको अवधिमा शसस्त्र प्रहरी शक्तिलाई आधार क्षेत्र र छापामार इलाकाबाट विस्थापित गर्नसक्नु र राज्यको मुख्य शैनिक शक्तिलाई सुरुङ भित्र रक्षात्मक अबस्थामा पुर्याउन तीन बर्ष मात्र खर्चिनु परेको थियो । केही दर्जन सख्याको छापामार दस्ताको तिव्र विकासले जनयुद्धको पाँचौ बर्षको निरन्तरताको क्रममा नियमित जनमुक्ति सेनाको स्थापना र तिव्र विकासमा प्रचण्डपथको मौलिकता बिम्बित छ । जनमुक्ति सेनाको डिभिजनस्तरको फर्मेशन र लाँखौ सख्याँमा जनमिलिसियाको परिचालन जनयुद्धको तिव्रतम विकासका उदारण हुन् ।
रणनीतिक उद्देश्य प्राप्तिका लागि कार्यनीतिक गतिशिलताको परिणाम जनयुद्धको विकासको तिव्रतासँगसँगै जनयुद्धको शान्ति प्रक्रियामा रुपान्तरण गर्नु शान्ति प्रक्रिया यथासम्भव चाडो सम्पन्न गर्न पार्टीको सम्पूर्ण रुपले जोड दिन आन्दोलनका तिव्रतव विकासका उदारण हुन् ।
शान्ति प्रक्रियामा रुपान्तरण ः
जनयुद्धको शान्ति प्रक्रियामा फ्डको भएपश्चात माओवादी अर्थात प्रचण्डपथमा संशय ब्याप्त भएको हो । माओवादी विचार, राजनीतिक कार्य्दिशा अन्नयोल बन्नु, वैचारिक अस्पष्टता र राजनीतिक अन्यौलतको स्थिति माओवादी पार्टी र आन्दोलन अध्यारो सुरु भित्र परेको अनुभूति आम रुपले परेकै हो । माओवादी पार्टी–आन्दोलनको भविष्य अन्धकारमय देख्नेहरु कम थिएनन् । जसको परिणाम माओवादी पार्टी एकपछि अर्को श्रृखलामा विभाजन र विघटन उन्मुख अबस्था सामना गर्नुपर्यो ।
माओवादी आन्दोलन अर्थात माओवादीको प्रयोगको विश्वस्थितिको अनुभवकाृ दृष्टिबाट हेर्दा स्यम माओको नेतृत्व र चिनियाँ जनवादी क्रान्ति बाहेक कुनै पनि मुलुकको माओवादी प्रयोग सफल भएको देखिँदैन । विसौँ शताब्दीको पाँचौ, छैठौँ र सातौँ दशक माओवादी आन्दोलनले विश्वस्तरमा नयाँ कम्युनिष्ट उभार ल्याएको हो । परन्तु, सवै माओवादी आन्दोलन असफल मात्र भएनन्, अपितु कम्युनिष्ट आन्दोलन तथा पार्टीहरु चरम संकटको अबस्थामा छ । यो अबस्था हुनुमा माओवादलाई बुझ्ने र प्रयोग गर्नेहरुमा भर पर्ने नेपाली माओवादी आन्दोलनको सापेक्षित सपलताले पुष्टी गर्यो । माओवादको प्रयोग तथा जनयुद्धको शान्ति प्रक्रियामा रुपान्तरण गरेर राजनीतिक लक्ष्य सापेक्षित रुपले सफल भएको माओ र तत्कालीन चिनियाँ कम्युनिष्ट पार्टी पछि नेपाली माओवादी आन्दोलन र प्रचण्डको नेतृत्व तथा प्रचण्डपथ नै हो । यद्यपी नेतृत्व पंक्तिको कतिपय अबस्थामा तदर्थवादी, उपयोगवादी, मनोगत कार्यशैली र आत्मकेन्द्रित व्यक्तिवादी हावी नभएको होइन् । राजनीतिक उत्र्सगमा पार्टीका मुल नेतृत्व आन्तरिक र बाह्य हस्तक्षेपको कैची रणनीतिक शिकार बन्दै आएको घटनाक्रम पार्टी र जनतामा छिरेको छैन् ।
माओवादी विचारको सिर्जनात्मक प्रयोगको दृष्टिले जनयुद्धको पहल, जनयुद्धको नेपाली चरित्रको मौलिक विकास, जनयुद्धको शान्ति प्रक्रियामा रूपान्तरण तथा संविधानसभाद्वारा राज्य पुनर्संरचना (अपूर्ण) सहितको नयाँ संविधान प्राप्त गर्नु माओवादी आन्दोलन सापेक्षिक रूपले सफल भएको छ ।
प्रचण्डपथको पुष्टि ः
माक्र्सवाद–लेनिनवाद र माओवादको रक्षा, प्रयोग र विकास क्रममा नेपाली क्रान्तिको विचार श्रृंखला प्रचण्डपथ संश्लेषण गर्ने प्रयत्न भयो । तर यसको पुष्टि भैसकेको थिएन । जनयुद्धको उत्कर्षबाट शान्ति प्रक्रियामा फड्को भएको करिबन दश वर्ष अवधिको अत्यन्त पेचिलो वर्ग राजनीतिक संघर्ष, आन्तरिक (पार्टी) तहसनहस (विभाजन र विघटनको पराकाष्ठा नाघ्दा पनि) हुँदाको चुनौति सामना गरेर भए पनि पार्टीको मूल विचार र राजनैतिक एजेण्डालाई केन्द्रविन्दु बनाएर शान्ति प्रक्रियालाई राज्य पुनर्संरचनामा टुंगोमा पुर्याउनु प्रचण्डपथको औचित्य पुष्टि हुनु हो । प्रचण्डपथ मुख्यतः तीन दशकदेखिको माओवादी आन्दोलन (जन वर्गसंघर्ष एवं विचारधारात्मक संघर्ष)को अर्थ औचित्य र आवश्यकता पुष्टि भएको छ । शान्ति प्रक्रियाको लक्षित राजनीतिक एजेण्डा संविधानसभा बाट राज्य पुनर्संरचना (यद्यपि यो पूर्ण छैन) सहितको संविधान जारी गर्नु प्रचण्डपथको वैचारिक एवं राजनीतिक औचित्य पुष्टि हुनु हो । शान्ति प्रक्रियाको लक्षित कार्यभार पूरा नहुँदासम्म माओवादी आन्दोलन पार्टी र प्रचण्डपथको भविष्य अन्योलग्रस्त थियो, जसको परिणाम पार्टी र आन्दोलनका पथगामी तथा अनुगामीहरूमा निराशा र विचलन व्याप्त रूपमा प्रकट भएको अवस्था जगजाहेर छ । माओवादी पार्टी र आन्दोलन विघटन र विसर्जनको अवस्थाबाट बचाउने तत्कालका लागि एकमात्रै अचुक उपाय शान्ति प्रक्रियाको सफल प्रयोग संविधान सभाबाट राज्य पुनर्संरचनासहितको नयाँ संविधानमा जनयुद्ध तथा आन्दोलनको राजनीतिक उपलब्धिको संस्थागत गर्नु थियो, सम्भव भयो ।
निश्चय पनि शान्ति प्रक्रिया र संविधानसभाबाट राज्य पुनर्संरचनासहितको नयाँ संविधान माओवादी पार्टी र आन्दोलनको एकल प्रयत्नबाट मात्र सम्भव थिएन । लोकतान्त्रिक र वामपन्थी शक्तिहरूसँगको समझदारी, सहमति र सहकार्य्बिना सम्भव थिएन, यो प्रयोग विपरित राजनैतिक तथा वैचारिक ध्रुवीय शक्तिहरूबीचको एकता विशिष्ट राजनीतिक परिस्थितिले जुराउँछ र शान्ति प्रक्रियाका नौलो प्रयोगद्वारा राजनीतिक रूपको जनतान्त्रिक क्रान्तिको अध्याय पूरा गर्न सक्छ भन्ने एक्काइसौं शताब्दीको जनक्रान्तिको सन्देश विश्वलाई दिएको छ । यो सत्यलाई गौरवसाथ आत्मसात् गर्न तथा स्वीकार गर्न ढिलो चाँडो कसैलाई गाह्रो पर्ने छैन ।
प्रचण्डपथको वैचारिक फड्को (शिप्mट) को आवश्यकता ः 
मालेमावाद (मूख्यतः माओवाद) को प्रयोग र विकासको रूपमा प्रचण्डपथ विशिष्ट विचार श्रृंखला संश्लेषण भयो तर शान्ति प्रक्रियामा जनयुद्धको रूपान्तरण भएलगत्तै प्रचण्डपथ कोमामा (फ्रिज) गरियो । पार्टी एकता (एकीकृत) गर्नैैका लागि वा प्रचण्डपथको पुष्टि गर्न बाँकी रहेकाले पार्टी प्रष्ट छैन । प्रचण्डपथको वैचारिक एवं राजनीतिक अर्थ औचित्व र आवश्यकताबारे प्रष्ट दृष्टिकोण नबनाइकनै पार्टी र आन्दोलनको विचारधारात्मक राजनैतिक आधार निष्क्रिय बनाउँदा चरम रूपको अकर्मण्यता तथा अन्यौलताको अवस्थाको सामना गर्नु परेको स्पष्ट छ । अर्थपूण विषय यो रह्यो कि कोमा (फ्रिज)मा रहेको प्रचण्डपथ शान्ति प्रक्रियाको लक्षित राजनीतिक एजेण्डा पूरा हुँदा प्चण्डपथको वैचारिक राजनीतिक औचित्य पुष्टि भइसकेको थियो । फ्रिज गरिएको विचार श्रृंखला शान्ति प्रक्रिया पूरा हुनासाथ कसरी ब्यूँतियो र एकाएक पुष्टि भयो ? स्पष्ट हो कि शान्ति प्रक्रियामा प्रचण्डपथ पाटीएको कुनै औपचारिक बहस र निर्णयबिना अध्यक्ष प्रचण्डको स्वनिर्णयले फ्रिज गरिएको थियो । तत्कालीन अवस्थामा पार्टी एकता (एकीकरण)को कार्य सहज गर्न पार्टीको मार्ग्निर्देशक विचारको निष्क्रियकरण मात्र गरिएको होइन बरु माओवादको प्रयोग र विकासक्रममा संश्लेषित विचार श्रृंखला अर्थात माओवादी आन्दोलनको जारी विचारधाराको रूपमा पार्टीले आत्मसात गर्न हिच्किचाहटको परिणाम थियो वा जनयुद्धको शान्ति प्रक्रियामा रूपान्तरण (शिफ्ट) भएपश्चात माओवादको प्रयोग र विकास क्रममा पूर्ण्विराम लागेको ठान्ने सोच पार्टीमा हावी भएकाले माओवादी आन्दोलनको वैचारिक उपलब्धिको न्यूनिकरण हुने परिस्थिति बन्न पुग्यो, निक्र्योल हुन बाँकी छ ।
गौरवसाथ भन्नुपर्छ माओवादी आन्दोलन विघटनउन्मुख हुँदा पनि विसर्जन भैसकेको थिएन । माओवादी आन्दोलनका आन्तरिक शक्तिको जागरूकता र जनसमुदायको निरन्तर खबरदारी र मुख्यतः अध्यक्ष प्रचण्डको नेतृत्वको सहीपनाको कारणले नै प्रचण्डपथ निष्क्रिय रहेन । पार्टी आन्दोलनका आन्तरिक र बाह्य आक्रमण अन्तरध्वंशको अनेक श्रृंखलाको घेराबन्दीको बाबजुद माओवादी आन्दोलन र पार्टीको मार्ग्निर्देशक विचार परित्याग होइन बरु व्यावहारतः तथा वैज्ञानिक रूपले पुष्टि गर्न पार्टी र मुख्य नेतृत्व निरन्तर संघर्षरत थिए भन्ने तथ्य सिद्ध भयो । यस घटनाक्रमले थप पुुष्टि गर्यो कि कृयान्वित तथा जीवन्त विचारधारा प्रायोजित रूपले मृत घोषणा गरेर वा फ्रिज गरेर त्यसको समाप्ति हुँदैन । विचारधारको प्रश्नमा आग्रह र पूर्वाग्रबाट निर्दे्शित हुँदैन ।
प्रचण्डपथ थप पुष्टि भएपश्चात विचारधारात्मक प्रश्नमा मार्ग निर्देशक सिद्धान्त निरपेक्ष तथा जड् हुँदैन । तथ्यहरूबाट उद्घाटित भयो कि कुनै विचार र दृष्टिकोण सिर्जित हुँदको तत् तत् स्थान समय सन्दर्भ र परिस्थितिको समग्र समझ प्रप्त नगरीकन त्यसको पालन गर्नु सिर्जनात्मकताको विकास गर्नु असम्भव हुन्छ भन्ने अनुभव प्रचण्डपथको विचारधारात्मक विकासले पुष्टि गर्यो । प्रचण्डपथको वैचारिक स्वत्व भनेको स्थीर वा जड विचारप्रणाली नभई प्रयोगात्मक, संश्लेषणात्मक विचारधारात्मक पद्दति हो । जो निरन्तर गतिशीलता र सृजनात्मकता, वैचारिक प्रतिबद्धता र स्वतन्त्रतामा विश्वास गर्छ ।
विचारधारात्मक विकासको यो मान्यतालाई स्वीकार गर्ने हो भने नेपाली जनक्रान्ति ..(माओवादी आन्दोलन) को रणनीतिक चक्र पूर्ण गरेर प्रचण्डपथ विचारधारात्मक रूपले पुष्टि भएको छ । परन्तु पूर्ण भएको छैन । यसकारण प्रचण्डपथको विचारधारात्मक विकासमा पूर्ण्विराम लागेको छैन । यदि यो सत्यलाई स्वीकार गर्दछौं भने यो पनि निष्कर्षमा पुग्दछौं कि प्रचण्डपथको विकासमात्र होइन, अपरिहार्य पनि छ । पार्टीले निरन्तर रूपले प्रतिबद्धता गर्दै आएको मालेमावादको विकास नेपाली माओवादी आन्दोलनको संश्लेषण प्रचण्डपथ र प्रचण्डपथको विचारधारात्मक प्रयोगात्मक र संश्लेषणात्मक पद्धतिलाई मालेमाको विकासको वैचारिक राजनैतिक आधार बनाउनुको विकल्प तत्कालको अवस्थामा छैन । 
(साभार ः रातोपाटी)


Post a Comment

 
Top