0
गोल्डेन न्यूज संवाददाता
नेवारी परम्परा, संस्कृति र भाषको संरक्षण गर्न पोखरामा २०२३ सालमा स्थापित रमा भगवती सिं गुठीले सीता विवाह पञ्चमी तिथि पारेर पूजाका साथ २०७१ सालका एसएलसी उत्तीर्ण विद्यार्थीलाई एक कार्यक्रमका बीच सम्मान गरेको छ । राम भगवती सिं गुठीको पोखरा क्षेत्रमा रहेका २६ घरपरिवार मिलि संचालन गरिएको गुठीमा गुठियार सदस्यहरुको दुःख, कष्ट र समस्या समाधान गर्दै आवश्यक सहयोग गर्दै जीविकोपार्जन गर्न समेत सहयोग गर्दै आइरहेको गुठीले हरेक वर्षको सीता विवाह पञ्चमी तिथि पारेर गुठी पूजा, सम्मान कार्य गर्दै आइरहेकोमा गुठीमा डिग्री पास गर्ने सदस्यका छोराछोरीलाइै १० हजार रुपैयाँले सम्मान, पिएचडी पास गर्नेलाई २५ हजार रुपैयाँले सम्मान गर्ने व्यवस्था गरिएको संस्थाका सदस्य सम्मरबहादुर श्रेष्ठले बताए । 

तेर्सापट्टी पोखरामा रहेको रमा भगवती मन्दिरमा पूजा गरी २६ घरपरिवारका सदस्यहरुलाई टिका, फूलमाला प्रदान गरी गुठीका नायोः शिवलाल तझ्याले गुठीयार सदस्यहरु अझ सक्रिय भई लाग्नुपर्ने र दुःख सुखमा सबै एक हुनुपर्नेमा जोड दिए । उनले पोखरा १२ रानीपौवा निवासी गुठीका सदस्य सिद्धिकुमार तझ्या र विजयलक्ष्मी तझ्याका छोरा सुयश तझ्या र पोखरा ११ रानीपौवा निवासी ज्ञानेन्द्र कुमार तझ्याको नाती गजेन्द्र तझ्या र एलिना तझ्याको छोरा गौरब कुमार तझ्यालाई शिवलाल तझ्या, गुप्त कुमारी तझ्या र रज्जना तझ्याले टिका, खादा, सम्मानपत्र र मायाको चिनोबाट सम्मान गरेका थिए ।  उक्त अवसरमा गुठीका क्षेपा रञ्जना तझ्याले आयव्यय प्रस्तुत गर्दै २ लाख ७० हजार बचत रहेको जानकारी गराएका थिए । पूजामा गुठीका सदस्य बद्री प्रसाद श्रेष्ठ, सुभाष कुमार तझ्या र नारायण उज्जल लगायतका वक्ताहरुले आ–आफ्नो विचार राख्दै सम्मानित विद्यार्थीहरुलाई अनुशासनमा रही गुठीको इज्जत राख्न पढाइका साथसाथै सामाजिक भावना राख्नुपर्ने बताएका थिए ।
पूजामा सम्मानित विद्यार्थी सुयश तझ्याले आफूलाई सम्मान गरेकोमा धन्यवाद दिंदै यस्ता सम्मानले अझ पढेर देश र गुठीको नाम बढाउने प्रतिवद्धता व्यक्त गरेका थिए । गुठीका नायाः शिवलाल तझ्याको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गुठीका सदस्य सम्मरबहादुर श्रेष्ठले कार्यक्रम संचालन गरेका थिए ।






Post a Comment

 
Top