0
गोल्डेन न्यूज संवाददाता
कास्कीमा आज बिहीवार चारपांग्रे र भोलि शुक्रवार दुई पांग्रे सवारीलाई पेट्रोल बितरण गरिने भएको छ । जिल्ला आपूर्ति समितिका अनुसार बिहिवार पोखरा र लेखनाथका १६ पम्पबाट चारपांग्रे सवारीलाई पेट्रोल बितरण गर्न लागिएको हो । चारपांग्रे सवारीलाई निजि, सार्वजनिक, संस्थान, सरकारी एबं पर्यटक नम्बर ल्लेटको आधारमा ७२ हजार लिटर पेट्रोल बितरण गर्न लागिएको हो । चारपांग्रे सवारीलाई १५ सय रुपैयाँ बराबरको पेट्रोल दिईनेछ । त्यस्तै शुक्रवार दुई पांग्रे सवारीलाई पेट्रोल बितरण गरिने छ । जिल्ला आपूर्ति समितिका अनुसार जोर बिजोरको आधारमा मोटरसाईकल र स्कुटरलाई पेट्रोल बितरण गर्न लागिएको हो । 
समितिका अनुसार पोखरा र लेखनाथका २९ पम्पबाट एक लाख २२ हजार लिटर पेट्रोल बितरण गर्न लागिएको हो । समितिका अनुसार मोटरसाईकललाई ५ सय र स्कुटरलाई ४ सय रुपैया बराबरको पेट्रोल बितरण गरिनेछ । बितरण विहान ८ बजेदेखि सुरुहुने बताईएको छ । भाडा र ग्यालिनमा पेट्रोल नदिईने समितिले स्पष्ट पारेको छ ।
यसैबीच बिहीबार पोखराका विभिन्न स्थानबाट गृहलक्ष्मी ग्यास वितरण हुने भएको छ । पोखराका विभिन्न १७ वटा डिपोबाट ग्यास वितरण हुने बताइन्छ । ग्यास वितरण हुने डिपोहरुमा कृष्ण सप्लायर्स फलेपाटन, कोने गुरुङ्ग, रामबजार लक्ष्मी जनरल रानीपौवा, आकृति अविरल स्टोर्स पस्र्याङ्ग, युवराज प्रोभिजन अर्चलवोट, अनिश ग्यास सप्लायर्स सिमलचौर, रानाभाट सप्लायर्स शिवालयचोक,भण्डारी टे«डर्स जरेवर, भक्तगोरी सप्लायर्स जिरो कि.मि., डि.एन आर.ट्रेडर्स लेकसाइड, सुरेन्द्र ट्रेडर्स, पृथ्वीचोक इमान इच्छा सप्लायर्स  बगर, बानियाँ ट्रेडर्स लामाचौर, सन्तोष फुड्स छोरेपाटन, गरिमा सप्लायर्स विरौटा, भक्त गौरी सप्लायर्स टुडिखेल, एस एण्ड ए ट्रेडर्स मुस्ताङ्गचोक रहेका छन ।









Post a Comment

 
Top