0
घातक रोग ब्लड क्यान्सर (उपचार बारे जानकारी सहित)
मानव शरीर साना–साना कोषहरु मिलेर बनेको हुन्छ । यदि कारणवस हाम्रो शरीरको कोषहरुमध्ये कुनै एक कोष अनावश्यक, अनियन्त्रित र खतरापूर्ण तरिकाले बृद्धि हुन गएमा त्यसलाई क्यान्सर भनिन्छ । धेरै जसो बिरामीहरुमा के कारणले गर्दा क्यान्सर भयो भन्ने थाहा हुँदैन । तर खानपिन, रहन–सहन, विकिरण, औषधी आदि र सुर्तीजन्य खाद्य पदार्थले फोक्सो लगायत शरीरका विभिन्न भागमा क्यान्सर हुन सक्ने सम्भावनालाई बढाउँदछ भन्ने तथ्य विभिन्न अध्ययनबाट प्रमाणित भइसकेको छ । दोस्रो विश्व युद्धताका जापानको हिरोसीमा र नागासाकी शहरमा आणविक वमको विष्फोटन पछाडि त्यसबाट निस्किएको विकिरणको असरले त्यहाँ बस्ने धेरै मानिसहरुमा क्यान्सर देखिएको थियो । क्यान्सर मध्ये पाठेघरको मुखको क्यान्सर हुनुको मुख्य कारण ज्एख्(ज्गmबल एबउष्ििगmब ख्ष्चगक हो भन्ने कुरा अध्ययनले देखाइ सकेको छ ।
हाल नेपालमा पनि क्यान्सरका बिरामीहरुको सख्या दिनपर दिन बढ्दो छ । राष्ट्रिय तथ्याङ्कको कमीलेगर्दा देशभरि क्यान्सरका बिरामी यति छन् भनी यकिनका साथ भन्न सकिने अवस्था छैन तर अस्पतालमा आउने क्यान्सर बिरामीहरुको संख्या दिनपर दिन बढ्दो छ ।
कुनै पनि रोग लाग्नु अगावै त्यसबाट बच्ने उपाय अपनाउनु राम्रो कुरा हो । त्यसमा पनि क्यान्सरमा त यो झनै लागू हुन्छ । क्यान्सरको निदान तथा उपचार निकै नै खर्चिलो हुन्छ । हाम्रो देशमा सबै निदान तथा उपचारका प्रविधिहरु उपलब्ध छैनन् । 
(उदाहरणको लागि ब्लड क्यान्सरको निदानको लागि आवश्यक ष्mmगलयउजभलयतथउष्लन जुन प्रविधिबाट कुन प्रकारको द्ययियम अबलअभच हो भन्ने छुट्याउन सजिलो हुन्छ ।) नेपालमा उपलब्ध छैन । त्यसै गरी प्रत्यारोपण प्रणाली पनि नेपालमा उपलब्ध छैन । माथि उल्लेख भएमा कारक तत्वहरुबाट बच्न सकिएमा क्यान्सर हुने सम्भावना निकै कमी ल्याउन सकिन्छ । त्यसै गरी नियमित फलफूल तथा हरियो साग सब्जीको सेवन गर्नाले पनि क्यान्सर हुने सम्भावना घट्न जान्छ । नियमित शारीरिक व्यायाम गर्ने र आफ्नो तौल उमेरको हद अनुसार नियन्त्रणमा राख्नाले पनि यो रोगको रोकथाममा सहयोग पु¥याउँछ । नेपालमा महिलाहरुमा सबैभन्दा धेरै हुने क्यान्सर मध्ये पाठेघरको मुखको क्यान्सर प्रमुख हो । अहिले पाठेघरको मुखमा हुने क्यान्सरको रोकथामको लागि भ्याक्सिन पनि धेरै देशको बजारमा उपलब्ध छ । तर यो भ्याक्सिन महंगो भएकोले नेपालको बजारमा हालसम्म उपलब्ध हुन सकेको छैन ।
क्यान्सर सुरुकै अवस्थामा पत्ता लगाउन सकियो भने निको हुने सम्भावना धेरै हुन्छ । त्यसैले बिरामी हुनु अघि नै नियमित शारीरिक जाँच गराउनु आवश्यक छ । हरेक विवाहित महिलाले चिकित्सकद्वारा नियमित पाठेघर जाँच गराउनु पर्छ । त्यसै गरी महिलाहरु आफ्नो स्तन आफै जाँच्ने, चिकित्सकद्वारा जचाउने तथा ःबmयनचबउजथ नियमित तालिका अनुसार गर्नु पर्छ । त्यसै गरी महिला तथा पुरुष दुवैले आन्द्राको क्यान्सर समयमा नै पत्ता लगाउन ५० वर्ष उमेर पुगेपछि नियमित तालिका अनुसार दिशा जचाउने र भ्लमयकअयउथ (जसमा एक सानो पाईप जस्तो यन्त्र मलद्वारबाट भित्र छिराएर केही गडबढी भएको नभएको अवलोकन गरिन्छ) गर्नु पर्दछ ।
क्यान्सर लागि सकेको छ भने क्यान्सरको प्रकार र अवस्था हेरिकन एक वा एक भन्दा बढी पद्धतिद्वारा सम्बन्धित विशेषज्ञ चिकित्सकको रेखदेखमा उपचार गरिन्छ । शल्य चिकित्सा क्यान्सर उपचारको सबै भन्दा पुरानो पद्धति हो । यस विधिमा क्यान्सर लागेको भागलाई काटेर फालिन्छ । उदाहरणको लागि स्तन क्यान्सर भएमा सो स्तनलाई नै काटेर फालिन्छ । शल्य चिकित्साको विकाससँग सँगै शरीरको भाग काटेर फाल्नु पर्ने मात्रा घट्दै गई रहेको छ । स्तन क्यान्सर कै कुरा गर्ने हो भने पहिला पहिला क्यान्सर लागेको स्तन पुरै काटेर फाल्ने चलन थियो भने हाल सकेसम्म धेरै भन्दा धेरै स्तनको भाग राख्ने प्रयत्न गरिन्छ । क्यान्सर र यसको छेउको भाग फालेर अन्य प्रविधिद्वारा उपचार गरिन्छ ।
त्यसै गरी १९०० सौ शताब्दीको शुरुदेखि क्यान्सरको उपचार विकिरण प्रविधिद्वारा गर्न थालियो । विकिरण प्रविधि 
(च्बमष्यतजभचबउथ)मा आँखाले देख्न नसकिने विकिरणद्वारा क्यान्सरको उपचार गरिन्छ । विकिरण पद्धति सामान्यत दुई प्रकारको हुन्छ । पहिलो प्रकारको विकिरण पद्धतिमा क्यान्सरकोविरामीलाई विकिरण आउने स्रोत भन्दा अलि टाढाँ राखेर उपचार गरिन्छ भने दोस्रो प्रकारको विकिरण प्रविधिमा विकिरणको स्रोत नै विरामीको क्यान्सर भएको भागको छेउ छाउमा नै राखिन्छ । पहिलो प्रकारको पद्धतिलाई त्भभितजभचबउथ भनिन्छ भने दोस्रो प्रकारको विकिरण पद्धतिलाई द्यचबअजथ तजभचबउथ भनिन्छ । नेपालमा सर्वप्रथम विकिरण प्रणालीद्वारा उपचार वीर अस्पतालमा २०४७ चैत्र ११ गते शुरु भएको थियो । हाल भक्तपुर स्थित भक्तपुर क्यान्सर अस्पताल, चितवन स्थित वी.पी. कोइराला क्यान्सर अस्पताल र पोखरा स्थित मणिपाल मेडिकल कलेजमा विकिरण सेवा उपलब्ध छ । द्यचबअजथ तजभचबउथ चाहिँ चितवन स्थित बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालमा मात्रै उपलब्ध छ । शल्य चिकित्सा र विकिरण पद्धतिद्वारा क्यान्सर भएको भागमा उपचार गरिन्छ । यदि क्यान्सर शरीरको अन्य भागमा फैलिसकेको छ वा फैलिने सम्भावना छ भने पद्धतिद्वारा उपचार गरिन्छ । उपचार पद्धतिमा तथा पर्दछन् । यी पद्धतिमा बिरामीलाई चक्की खुवाएर वा सुई लगाई उपचार गरिन्छ ।
कुनै–कुनै क्यान्सर जस्तैः रगतको क्यान्सर ९द्ययियम (द्ययियम अबलअभच) लाई मूलतः ऋजझय तजभचबउथ पद्धतिद्वारा नै उपचार गरिन्छ । ब्लड क्यान्सर उमेरको हद अनुसार (रगतको क्यान्सर) शुरु हुने वित्तिकै सबैलाई उपचार गर्नु पर्छ भन्ने छैन । जस्तै बृद्ध अवस्थामा देखिने एक प्रकारको रगतको क्यान्सर (ऋीी) यदि शुरुको अवस्थामा छ र यसले खासै दुःख दिएको छैन भने उपचार गरि हाल्नु पर्ने पनि देखिदैन । क्यान्सरको उपचार गरेर निको हुने सम्भावना नभएमा वाचुञ्जेलसम्म बिरामीको पीडा तथा लक्षणहरु कम गराउने उद्देश्यले उपचार गर्नु पर्दछ । कहिले काहिँ प्रशस्त खर्च गरेर महिनौ उपचार गर्दा पनि बिरामी वर्ष दिनसम्म पनि नबाचेको गुनासो बिरामी पक्षबाट राखिन्छ । त्यसैले उपचार अगावै बिरामी पक्ष र चिकित्सकका बीच के कति उद्देश्यले उपचार गर्न लागेको र हुन सक्ने परिणामको बारेमा विस्तृत छलफल हुनु आवश्यक छ । यस्तो निको नहुने क्यान्सरको निःशुल्क उपचार गर्ने अन्तर्राष्ट्रिय संस्था हाल काठमाडौंमा पनि उपलब्ध छ । 
यता, वैज्ञानिकहरुले गर्भको बच्चामा समेत रक्त क्यान्सर अर्थात् ल्युकोमिया विकाश हुनसक्ने तथ्य पत्ता लगाएका छन् । दुई जना जुम्ल्याहा बच्चाका जिनमा रहेको डिएनएको अध्ययनका क्रममा शोधकर्ताहरुले यस्तो पत्ता लगाएका हुन् । ती दुइ बच्चालाई ४ वर्षो उमेरमै रक्त क्यान्सर देखिएको थियो । बेलायतको इन्सट्रिच्युट अफ क्यान्सर रिर्सचका शोधकर्ताहरुले मानव शरीरका करीब ३ अर्ब जिन्सका डिएनएको अध्ययनपछि यस्तो निष्कर्ष निकालेका हुन् ।
शोधमा संलग्न वैज्ञानिकहरुले पछिल्लो नतिजाले क्यान्सरको उपचारमा नयाँ औषधिको खोज गर्न समेत मद्धत मिल्नसक्ने विश्वास व्यक्त गरेका छन् । विश्वमा रक्त क्यान्सरबाट पीडित हुनेमा सबैभन्दा धेरै बच्चा नै छन् ।
अध्ययनका क्रममा दुइजना क्यान्सर पीडित जुम्ल्याहा बच्चाको सरीरको रगत तथा बोनम्यारोको नमुनाको परीक्षण गर्दा वैज्ञानिकहरुले क्यान्सर पीडित बच्चामा अरु सामान्य बच्चाको तुलनामा एक जिनमा परिवर्तन आएको पाए । वैज्ञानिकहरुले एउटा जिनमा २२ थरी परिवर्तन आएको फेला पारे । उक्त जिनको नाम इटीबी ६ आरयूएनएक्सआइ हो । सोही बदलाबका कारण ती बच्चामा रक्तक्यान्सर देखा परेको ठम्याइ वैज्ञानिकहरुको रहेको छ । यसको आनुवंशिक परिवर्तन वच्चाहरुमा गर्भावस्थामै आएको र त्यसको असर पछिमात्र देखा परेको उनीहरुको भनाइ छ ।
क्यान्सरका केहि लक्षणहरु ः
चिसो अनुभव हुने र शरीरको   तापक्रम घट्ने
थकित महसूस हुने
ज्वरो आउने
खानामा रुचि नहुने
शरीर वा दिमाखमा असजिलो  या कमजोर अनुभव हुने
राति पसिना आउने
शरीरको वजन घट्दै जाने
क्यान्सरका बिभिन्न लक्षण र सङ्केतहरुजस्तै जाँच्ने बिभिन्न तरिकाहरु ः
ट्युमरको बायोप्सी
रगतको जाँच
म्यारो बायोप्सी
छातिको एक्स रे
कम्प्लिट ब्लड काउन्ट(ऋद्यऋ)
सि टि स्कान
एम आर आइ स्कान क्यान्सर जाँच गरेपछि क्यान्सर कहाँ कुन अवस्थामा छ र कसरी उपचार गर्ने भनेर डाक्टरसँग सल्लाह गर्नुपर्छ। आफ्नो नजिकको मान्छेहरुको साथ र सहयोगको एकदमै खाचो हुँनेहुदा नजिकको मान्छे साथमा हुनु अति नै जरुरी हुन्छ।

समयमै उपचार गरौं, क्यान्सर निको हुन्छ

विश्वमा बर्षेनी करिब १ करोड ४० लाख मानिसमा क्यान्सर रोग देखिने गरेको छ । समयमै रोगको पहिचान हुन नसक्नु, शरीरिक व्यायमको अभाव, मोटोपना, विभिन्न संक्रमण लगायतले मनिसको शरीरमा क्यान्सर कोष फैलने चिकित्सक बताउछन । नेपालमा हाल ५० देखि ६० हजारको हाराहारीमा बिभिन्न प्रकारका क्यान्सर रोगी रहेकोमा ८० प्रतिशतको भने रोग पत्ता लागेको पहिलो बर्षमा नै मृत्यु हुने गरेको छ । समयमै यसको पहिचान गरी सही उपचार पाउन सके क्यान्सरबाट बच्न सकिने पीडितहरु नै बताउछन् । क्यान्सर वा अर्बुद रोग, धनीमानीलाई मात्र लाग्छ भन्ने मान्यता विपरीत पछिल्लो समय नेपालमा क्यासर रोगले त्यो खाडललाई पुरिदिएको छ । 
वयस्क मात्र नभई बालबालिका समेत क्यान्सरको सिकार हुन थालेपछि नेपालमा यसको भयावह स्थितिको संकेत गरेको छ । भक्तपुरस्थित क्यान्सर अस्पतालमा प्रत्येक दिन १० देखि १२ जना क्यान्सरका नयाँ विरामी थपिन्छन । जसमा १० प्रतिशत बालबालिका छन् । क्यान्सर रोग लाग्न नदिने उपायबारे सर्वसाधारण परिचित भएपनि हेलचेक्राई बढी नै हुने गरेको बताउनुहुन्छ भक्तपुर क्यान्सर अस्पतालका मेडिकल डाइरेक्टर प्रकाश राज न्यौपाने केही समय अघि काठमाडौं लगायत प्रमुख शहरहरुमा बिक्रि हुने तरकारीले तहल्का मच्चायो, कारण थियो बिषादीको प्रयोग अत्यधिक हुनु । त्यसप्रकारका रासायनिक पदार्थको मिसावट युक्त खानेकुराको उपभोगले पनि क्यान्सर रोगलाई टेवा पुर्रुयाईरहेको छ भन्नेबारे जो कोहीलाई थाहा नहुन सक्छ । आफुले प्रयोग गरेको बिषादीले आम उपभोक्ताको स्वास्थ्यमा पार्ने असरबारे समेत कृषक जानकार नभएका हैनन् । आर्गानिक आन्दोलनका अगुवा दिपक बास्कोटा क्षणिक लाभका लागि प्रयोग हुने यसप्रकारका बिषदीको बिक्रीबितरणमा रोक लगाउदै अर्गानिक खेतीमा ध्यान पुर्रुयाउन सुझाव दिन्छन् । बिज्ञान तथा प्रविधिको बिकाससँगै क्यान्सर निको नहुने र मानिसको ज्यानै लिने रोग अब रहेन । तर समयमा नै पहिचान गरी सही उपचार आवश्यक छ । ९ वर्ष पहिले ब्लड क्यान्सर भएर पनि उपचार पछि स्वस्थ्य जीवन यापन गर्दै आएकी गीता बरालले समयमै उपचार पाएकाले आफू स्वस्थ्य भएको अनुभव सुनाए । सरकारले हाल क्यान्सर रोगीको उपचारमा जनही १ लाख रुपैयाँ खर्चदै आएको छ । तर क्यान्सर अस्पतालको अवस्था भने सरकारी बेवास्थाका कारण दिनहुँ दयनीय बन्दै गईरहेका छन् । बिरामीको उपचारमा प्रयोग हुने उपकरण गुणस्तरीय नहुनु तथा उपचार खर्च अत्यधिक हुनुले रोगको निदानका लागि सवै रोगी तत्पर नभएको गुनासो समेत छ । भक्तपुर क्यान्सर अस्पतालका निर्देशक न्यौपाने बिरामीलाई अझै बढी सुबिधा उपलब्ध गराउन सकिने बताउछन्। रोग लागेपछि सर्वस्स बेच्दा समेत निको नहुने परिस्थिति आउनु भन्दा सानो सावधानी अपनाउदा नयाँ जीवन पाउन सकिन्छ । धुमपान स्वास्थ्यका लागि हानीकारण छ भनेर जनहीतका लागि सूचना सार्वजनिक भएको आधा सताब्धी पुगिसक्यो तर पछिल्लो समय धुमपान गर्ने महिलाको संख्या समेत भयावह छ भन्ने तथ्याङ्क सार्वजनिक हुदार हामी आफ्नो स्वास्थ्यप्रति कति सचेत छौं भन्ने प्रष्ट्याउँछ  ।






Post a Comment

 
Top