0
गोल्डेन न्यूज संवाददाता
पोखरा–२५, लुकुन्श्वाँरामा अवस्थित महेश्वरी माविको ५९ औं वाार्षिकोत्सव एवम् अभिभावक भेला सम्पन्न भएको छ । सोहि अवसरमा शैक्षित तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीहरु लाई पुरस्कार वितरण गरिएको थियो । कार्यक्रमको उद्घाटन गर्दै कास्कीका सहायक जिल्ला शिक्षा अधिकारी केदारराज आचार्यले पर्यटकीय दृष्टिले समेत महत्वपुर्ण रहेको यस क्षेत्रको विद्यालयले शैक्षिक क्षेत्रमा समेत प्रगति गर्दै गएको बताए । 

उनले शैक्षिक गुणस्तर कायम गर्नका लागि विद्यालय एक्लैको प्रयासले मात्र नहुने भन्दै अभिभावकको पनि महत्वपूर्ण भूमिका रहने उल्लेख गरे । छोरेपाटन स्रोत केन्द्रका स्रोत व्यक्ति टोल प्रसाद अर्यालले  लगनशिल भएर अध्ययन गर्न विद्यार्थीलाई आग्रह गरे । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मित्रलाल बरालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काङ्ग्रेस गाउँ कमिटि अध्यक्ष राज बहादुर गुरुङ, नेकपा एमाले गाउँ कमिटीका अध्यक्ष त्रिलोचन बराल, एकीकृत माओवादीका नवराज बराल, शुक्रराज उच्च माविका प्रधानाध्यापक नरनाथ बराल, ओक्लेडाँडाँ भुम्दीकोट माविका प्रधानाध्यापक मधुप्रसाद बराल, भगवती निमाविका व्यवस्थापन समितिका अध्यक्ष प्रकाश गुरुङ, महेश्वरी मावि विद्यालय व्यवस्थापन समितिका सदस्य भुवानी प्रसाद बराल, शिक्षक अभिभावक संघका निर्वतमान अध्यक्ष भवानी प्रसाद बराल, पोखरा–२५ का वडा सचिव र विद्यालय व्यवस्थापन समितिका निर्वतमान अध्यक्ष रामप्रसाद पौडेल, विद्यालयका सहायक प्रधानाध्यापक कुलदेवी बराल, शिक्षक महेश बराल लगायतले आ–आफ्नो भनाइ राखेका थिए । विद्यालयका प्रधानाध्यापक ऋषिराम बरालले प्रगति प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा लेखा शिक्षक ओमप्रकाश परियारले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो । विद्यालयमा हाल २ सय १८ जना विद्यार्थी अध्ययनरत छन् ।







Post a Comment

 
Top