0
गोल्डेन न्यूज संवाददाता
कास्की जिल्लाभर छरिएर रहेका गर्ग गोत्रीय लामिछाने थापा क्षेत्रीहरुको वार्षिक भेला पोखरा २६ सराङ्गकोटमा सम्पन्न भयो ।        वार्षिक रुपमा हुँदै आएको सो भेलाले लामिछाने थापाहरुले गर्ने क्रियाकलापहरुको बारेमा छलफल भएको थियो । सो कार्यक्रममा संरक्षक बेल बहादुर थापाले गोत्रीय दाजुभाईहरु एक हुन सकेमा लामिछाने थापाहरुको एकता हुने बताए । 
उक्त अवसरमा यसै वर्ष संकलन गरी निर्माण गरिएको कुल मन्दिर, पाक घर र संरक्षण घर निर्माणमा सहयोग गर्ने सहयोगीहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा क्षेत्री समाज नेपालका केन्द्रीय महासचिव कृष्णबहादुर थापाले आजको परिवेशमा सबै क्षत्रीहरु एक हुनुपर्ने र यसको नेतृत्व लामिछाने क्षत्रीले लिन सक्नुपर्ने बताए ।
सोही भेलाले वार्षिक कार्यक्रम अन्तर्गत मंसिर गौरी पूर्णिमामा दाजुभाइ भेला, सम्मान तथा अक्षयकोष निर्माण गरिने भएको छ । लामछिाने थापा क्षत्री प्रतिष्ठानको अध्यक्ष शेरबहादुर थापाको अध्यक्षताा भएको कार्यक्रममा प्रतिष्ठान लेखनाथका अध्यक्ष डम्बर बहादुर थापा, समितिका सल्लाहकार भरत बहादुर थापा, सचिव मिन बहादुर थापा, हेम्जाका अध्यक्ष ध्रुव बहादुर थापा लगायतले मन्तव्य राखेका थिए ।

Post a Comment

 
Top