0
गोल्डेन न्यूज संवाददाता
रामबजा तायाःमचाः नाच समिति रामबजारले एक कार्यक्रम गरी २०७४ को तायाःमचाः महोत्सवको लागि अमेरिकामा अर्थ संकलन समिति गठन गरेको छ । समिति गठन गर्ने कार्यक्रममा नेवाःखल कास्कीका अध्यक्ष अशोक पालिखेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा रामबजार तायाःमचाः नाचलाई सहयोग गर्ने दाता एवम् अमेरिकामा अर्थ संकलन संयोजक भिमसेन श्रेष्ठलाई सम्मानपले सम्मान गर्दै रामबजार तायाःमचाः नाच समितिले  गरेको कार्यको प्रसंसा गरे । उनले २०७४ सालको तायाःमचाः महोत्सव लाई विदेशमा रहेका नेपाली संगठन खोली आर्थिक सहयोग समिति गठन गर्नु राम्रो कार्य र राम्रो शुरुवात भएको बताउँदै सफलताको कामना गरे ।

रामबजार तायाःमचाः नाच समितिको अर्थ संकलन उपसमिति गठन कार्यमा श्रीकृष्ण मन्दिर संचालक समिति, मन्दिरका आमा समूह, रामबजार मिसा पुचः, रामबजार ल्याम्हः पूच  र  टोल सुधार समिति रामबजारले समेत स्वागत गरेको कार्यक्रममा २०७४ सालको तायाःमचाः नाच महोत्सवको लागि अमेरिका निवासी रामबजार सोसाइटी युकेका सल्लाहकार अमकेरिकाका अरु संकलन समितिका संयोजक भीमसेन कुमार श्रेष्ठले महोत्सव सफल पार्न अग्रिम रु.१० सहयोग प्रदान गरेका थिए । कार्यक्रममा रामबजार सोसाइटी युकेका सल्लाहकार महेश गुरुङ्ग, श्रीकृष्ण मन्दिर संचालक समितिका संरक्षक गणेश कुमार प्रधान, श्रीकृष्ण मन्दिर आमा समूहका अध्यक्ष मिना भण्डारी, रामबजार मिसाः पुचका अध्यक्ष समिति रन्जित लगायतले पनि बोलेका थिए ।

त्यस अवसरमा अमेरिकामा रहेका अर्थ संकलन समितिका संयोजक भिमसेन कुमार श्रेष्ठले महोत्सव सफल पार्न लागि पर्ने बताए। समितिको सह–संयोजकमा महेन्द्र कतिला, सदस्यहरुमा जयराम श्रेष्ठ, श्रवण श्रेष्ठ, प्रकाश श्रेष्ठ, काशीकुमार जोशी लगायतका व्यक्ति चयन गरिएको सचिव विश्व तण्डुकारले बताए । समितिका उपाध्यक्ष सम्मरबहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रम समितिका प्रथम उपाध्यक्ष नारायण श्रेष्ठले संचालन गरेका थिए ।




Post a Comment

 
Top