0
गोल्डेन न्यूज संवाददाता
नेशनल प्याब्सान, कास्कीको आयोजनामा नेशनल प्याब्सानसँग आवद्घ विद्यालयका मावि गणित शिक्षकहरुका लागि एक दिवसीय  गणित तालिम सम्पन्न भयो । नेशनल  प्याब्सान कास्कीसँग आवद्घ ४२ विद्यालयका मावि शिक्षकहरु को उपस्थिति रहेको उक्त तालिम कार्यक्रम गणित विषयका लेखक डिआर सिंखडाले सहजिकरण गरेका थिए । पश्चिमाञ्चल उपशिक्षा निर्देशक खेमराज पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रम संस्थाका अध्यक्ष रामबहादुर मोचीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा नेशनल प्याब्सान कास्कीका सल्लाहकार एवं निवर्तमान अध्यक्ष रामप्रसाद शर्मालाई गणित शिक्षकका लागि सम्मान गरिएको थियो । संस्थाका उपाध्यक्ष शिवदत्त तिवारी, केन्द्रिय सदस्य हेमन्त अधिकारी, सल्लाहकार राम प्रसाद शर्मा, केन्द्रीय उपाध्यक्ष याम बहादुर खड्का, प्रायोजकका तर्फबाट एलाईड पब्लिकेशन तथा युनाइटेड पब्लिकेशनले समेत मन्तब्य राखेका थिए । नेशनल प्याब्सानले बर्षेनि आफुसँग आवद्घ विद्यालयका शिक्षक शिक्षिकाहरु लाई तालिम प्रदान गर्दै आइरहेको कुरा संस्थाका कार्यसमिति सदस्य गणेश भण्डारीले जानकारी दिए ।






Post a Comment

 
Top