0
गोल्डेन न्यूज संवाददाता
लायन्स क्लब अफ लेखनाथ सेभेन लेक सिटीको आयोजनामा बुधबार राखिएको खुल्ला रत्तदानमा ४७ युनिट रगत संकलन भएको छ। बजारमा देखिएको रगतको अभावलाई मध्यनजर राख्दै क्लबले रत्तदान जीवन दान, जीवन दान महादान भन्ने मूल नाराका साथ पहिलो पटक राखेको खुल्ला रत्तदानमा ४७ युनिट रगत संकलन भएको हो। कार्यक्रमका पहिलो रत्तदाता चन्द्रकान्त अधिकारीलाई ब्लड व्याग हस्तान्तरण गर्दै लायन्स क्लब ३२५ वी १ नेपालका डिष्ट्रिक्ट गभर्नर ध्रुव थापाले लायन्स क्लवले सामाजिक भावनाले समाजमा सकरात्क कामहरु गर्दै आएको धारणा राखेका थिए।
 
कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी कास्की शाखाका सभापति बामदेब ढुंगानाले रगतको अभावले बिरामीको उपचारमा देखिएको कठिनाई सामाजिक संघ सस्थाहरुले अगाडि सारेको रक्तदानबाट अकालमा कोही कसैले ज्यान गुमान नपर्नेमा जोड दिएका थिए। सोही अवरसमा लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीले आफूले पनि अहिले सम्म ३३ पटक रत्तदान गरेको कुरा बताउँदै तीन–तीन महिनामा रक्तदान गर्दा शारिरीक रुपमा कुनै कुनै असर नपर्ने शरीस् स्वच्छ रहने धारणा राखेका थिए। लायन्स क्लब अफ लेखनाथ सेभेन लेक सिटिका अध्यक्ष अशोक प्रसाद बरालको अध्यक्षतामा भएको सो कार्यक्रमका संयोजक मधुसुधन कोईरालाले रक्तदानको महत्व र उपयोगीताका बारेमा जारनकारी गराएको सो कार्यक्रमको संचालन सचिव दिपक ज्योती ढुंगानाले गरेका थिए।

Post a Comment

 
Top