0
गोल्डेन न्यूज संवाददाता
एल आइ सि (नेपाल) लि. विमक संघ अन्तर्गत पेशागत बीमा अभिकर्ता संघको चौथो अधिवेशन शनिवार पोखरामा सम्पन्न भयो । स्वदेश महर्जनको अध्यक्षताम गठित उक्त संघको वरिष्ठ उपाध्यक्षमा लालकुमार अधिकारी, उपाध्यक्षमा कर्ण बहादुर महत्ररा र सचिवमा घनश्याम वुढाथोकी चयन भएका छन् । यसैगरी संघको कोषाध्यक्षमा संन्जिता भक्तराज, सह–सचिवमा कृष्ण दवाडी र सदस्यहरुमा रेखादेबी पोखरेल, कृष्ण प्रसाद सुनार, औबहादुर  गुरुङ, माधव लम्साल, राममाया घिमिरे, मिना खड्का कटुवाल, नरप्रसाद सिटौला, धन बहादुर बोहोरा, प्रभा ज्ञावली र प्रकाश श्रेष्ठ रहेका छन् । उक्त अधिवेशनमा प्रमुख अतिथिको तर्फवाट एलआइसी नेपाल लिमिटेडका सिईओ पि आर मिश्रले जीवन विमाको महत्वको बारेमा प्रकाश पार्दै नवगठित कार्यसमितिले सिङ्गो विमाको क्षेत्रमा सकारात्मक सन्देश प्रावह गर्ने बताए । सोही अवसरमा एलआइसि नेपाल लिमिटेडका नवनियुक्त डिजिएम अभिजित घोष दस्तिदारले प्रत्येक बीमा अभिकर्ताहरु व्यवसायिक भएर लाग्नु पर्ने खाचो औल्याए । कार्यक्रममा एलआइसि नेपाल लिमिटेड संग आवद्ध एजेन्सी म्यानेजर केदारनाथ अधिकारी, रुकबहादुर गुरुङ, लक्ष्मीदत्त जोशी, पेशागत विमा अभिकर्ता संघ (नेपाल) का केन्द्रिय अध्यक्ष कपिलदेव ओली लगायतले आआफ्नो धारण राखेका थिए ।





Post a Comment

 
Top