0
आगामी पुस ८ गतेदेखि हुने नवौं साफ च्याम्पियनसीप अन्तर्गत अभ्यास खेल तथा बन्द प्रशिक्षणका लागि २८ सदस्यीय नेपाली टोली मंगलबार बंगलादेश प्रस्थान गरेको छ। बंगलादेश प्रस्थान गर्नुअघि अखिल नेपाल फुटबल संघ (एन्फा)ले ललितपुरको सातदोबाटोस्थित आफ्नै कम्प्लेक्समा एक समारोह गरी खेलाडी, प्रशिक्षक र व्यवस्थापकको विदाइ गर्रुयो। राष्ट्रिय खेलकुद् परिषद्का सदस्यसचिव केशव कुमार विष्ट,  एन्फाका कार्यवाहक अध्यक्ष नरेन्द्र श्रेष्ठ लगायतले खेलाडीहरुको विदाइ गरे। प्रशिक्षक प्याट्रिक असेम्स्ले सोमबार २० सदस्यीय टोलीको घोषणा गरेका हुन्। २० सदस्यीय खेलाडी र  प्रशिक्षक असेम्ससँगै  ध्रुबवहादुर केसी प्राविधिक सल्लाहकार, उपेन्द्रमान सिंह, हरि खड्का र बालगोपाल महर्जन सहायक प्रशिक्षक, रमेश रायमाझी व्यवस्थापक, सुरज भुषाल फिजियोथेरापिष्ट तथा सुवास हुमागाईं मिडिया अधिकृतका रुपमा बंगलादेश प्रस्थान गरेका छन्।

बंगलादेश प्रस्थान गर्नुपहिले कप्तान अनिल गुरुङले संचारकर्मी सँग कुरा गर्दै ट्रफी जित्ने लक्ष्यसाथ मैदानमा उत्रिने बताए। कप्तान अनिलले नयाँ जिम्मेवारीलाई आफूले अवसरको रुपमा लिएको भन्दै चुनौतिपूर्ण जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्ने बताए। उनले पहिलो पटक पाएको जिम्मेवारीबाट आफू केही नर्भस रहेको पनि बताए।  भारतको केरलामा हुने साफ च्याम्पियनसिप फूटबलमा भाग लिने नेपाली टोली बंगलादेश प्रस्थान गरेको छ। नेपाली टोलीले साफ च्याम्पियनको तयारीस्वरूप आगामी बिहीबार बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्ने छ।





Post a Comment

 
Top