0
नेपाली काँग्रेसको १३ औं महाविधेशन नजिकिंदै गर्दा देश दौडाहामा निस्कएका नेता पूर्णबहादुर खड्का कास्कीको धम्पुस गाउँमा पुगेका छन्। नेपाली काँग्रेस कास्कीको कार्यकर्ता भेटघाट कार्यक्रमका लागि पोखरा आएका खड्का पर्यटकीय गाउँ धुम्पुस पुगेका हुन् । नेता खड्काले नेपाली काँग्रेसको १३ औं महाधिवेशन, संविधानको कार्यान्वयनमा देखिएको चुनौति, भारतीय नाकाबन्दी र वर्तमान समसामयिक राजनीतिक विषयमा कार्याकर्तालाई प्रशिक्षण दिंदै आएका छन् । नेपाली काँग्रेस धम्पुस गाउँ इकाइ समितिका सभापति शुकबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा महाधिवेशन प्रतिनिधि गुरु बराल, व्यवसायी विश्वशंकर पालिखे, नेविसंघका केन्द्रीय सदस्य गोविन्द एलसी लगायतले बोलेका थिए ।  नेता खड्का नेपाल तरुण दल धम्पुुस गाउँ इकाईका सभापति प्रकाश गुरुङको घरमा बास बसेको बताइन्छ । यसैबीच नेपाली कांग्रेसका उपसभापति एवं पूर्व उपप्रधानमन्त्री रामचन्द्र पौडेल आज शुक्रबार पोखरा आउने भएका छन् । लोकतान्त्रिक छापा माध्यम राष्ट्रिय समाजको पश्चिमाञ्चल भेलाको उद्घाटन गर्न उनी शुक्रबार पोखरा आउने भएका हुन् । भेला दिनको २ बजे पोखरा मुस्ताङचोकस्थित होटल लगेसीमा हुने बताइन्छ ।

Post a Comment

 
Top