0
गोल्डेन न्यूज संवाददाता
डाँफे वचत तथा ऋण सहकारी संस्था लि. पोखरा १ वगरको आयोजनामा पुरुन्चौर गाविसको वडा नं. ५ चितेपानी मा १५ रोपनी वाझो खेतमा तोरी छर्ने काम सम्पन्न भयो । देश दुख्यो अभियान चलाऔं, उर्भर धर्तिमा स्वाभिमान फलाऔं भन्ने मूल नाराका साथ सम्पन्न कार्यक्रमको जोतेर प्रमुख अतिथि सहकारी डिभिजन तथा प्रशिक्षण कार्यालय पोखराका प्रमुख वद्री अधिकारीले शुभारम्भ गरे । कार्यक्रममा संस्थाका खोज तथा अनुसन्धान उपसमितिका संयोजक नारायण वाँस्तोला (श्रमपन्थी) ले स्वागत गरे । संचालन संस्थाका सचिव इश्वरी बाँस्तोलाले संचालन र अध्यक्षता संस्थाका अध्यक्ष माधव बाँस्तोलाले गरेका थिए। देशमा भएको नाकावन्दी, सबै वस्तुमा भएको परर्निभरता, गाँउका खेतवारी वाँझो भएको हाम्रो जस्तो कृषि प्रधान देशको अवस्था यस्तो हुनु दुर्भाग्य भएकोले सहकारीले विभिन्न उत्पादनमूलक काममा लगानी गरी परर्निभरता हटाउनको लागि अहम भूमिका रहने प्रमुख अतिथि वद्री अधिकारीले बताए । संस्थाले विभिन्न क्षेत्रको खोजी गरी हलोदेखि हाईडोसम्म अध्ययन गरी लगानी गर्ने माध्यमहरुको खोजी गर्ने विषयमा खोज अनुसन्धान समितिका संयोजक नारायण बाँस्तोलाले वताए । सानो कमाई विदेश नजाउ, पाखो वारीलाई हरीयाली बनाउँ । सिप र पसिना देशमा नै वगाउ भन्ने सन्देशको लागी सो कार्यक्रमको आयोजना गरिएको हो । संस्थाका अध्यक्ष एवं कार्यक्रमका अध्यक्षले संस्थाले पहिलो चरणमा गरेको उक्त कार्यक्रमलाई नमुनाको रुपमा संचालन गरेको र आगामी दिनमा अझ ठूलो क्षेत्रमा कृषिको कामलाई व्यापक रुपमा संचालन गरी अर्गानिक वाली उत्पादन र स्थानीय बीउ विजनको संरक्षण प्रवद्र्धन गर्ने वताए । यसअघि संस्थाले डाँफे मसलन्द उत्पादक सहकारीको माध्यमवाट विभिन्न कापीहरु विगत २ वर्षदेखि वजारमा ल्याई सकेको छ । कार्यक्रममा पुरुन्चौरका गाउँ विकास समितिका सचिव हरि प्रसाद अधिकारी, सहकारी डिभिजन तथा प्रशिक्षण कार्यालयका शाखा अधिकृत वालाकृष्ण सुवेदी, भारती भवन उच्च माविका प्रचार्य गोविन्द काफ्ले, विभिन्न आमा समुहका प्रतिनिधिहरु, राजनैतिक दलका प्रतिनिधिको उपस्थिति रहेको थियो ।













Post a Comment

 
Top